नेकपा एमालेका पूर्व सचिव एवम् चितवन भरतपुर महानगरपालिका वडा नम्बर १० का वडाध्यक्ष समेत रहेका अरुणपीडित भण्डारीमाथि नारायणगढको शहिदचोकमा आक्रमण भएको छ ।
बेलुकीतिर उनी आफ्नो बा १० च २५९२ नम्बरको गाडीमा तेल भरेर चढ्न लागेका बेला मास्क लगाएर आएका दुई जनाले पछाडिबाट आक्रमण गरेको प्रहरीले दाबी गरेको छ ।
उनीहरुले आक्रमण गर्दै मोबिल सरिरभरी छर्केर आगो समेत लागाउन प्रयास गरिएको प्रहरीले बताएकाे छ । चितवन प्रहरीले प्रारम्भिक अनुसन्धानमा अज्ञात समुहले आक्रमण गरेको बताएको छ।
घटनमा संलग्नहरुको खोजी कार्य भईरहेको जनाएको छ । उनको अहिले भरतपुर अस्पतालमा उपचार भईरहेको छ ।
उनी आफ्नो बा १० च २५९२ नम्बरको गाडीमा तेल भरेर चढ्न लागेका बेला पछाडिबाट आक्रमण भएको स्थानियको भनाइ छ ।
जनप्रतिनिधिहरूले पछिल्लाे समयमा जनताका कामहरू गर्नुकाे साटाे थुप्रै मात्रामा अनिमियतता गर्ने गरेकाे अाराेपहरू अाइरहँदा स्थानीय जनताले पनि यस्ताे अाक्रमण गर्न सक्ने अांकलन गरिएकाे छ ।