भारतमा स्कुल बस दुर्घटना हुँदा २७ जनाको मृत्यु

भारतमा स्कुल बस दुर्घटना हुँदा २७ जनाको मृत्यु

  • मङ्लबार, चैत्र २७, २०७४
  • मिर्मिरे अनलाइन

  • 9.8K
    SHARES

एजेन्सी, चैत्र २७ ।
भारतको हिमाञ्चल प्रदेशमा स्कुल बस दुर्घटना हुँदा २७ जनाको मृत्यु भएको छ ।

काँगडा जिल्लाको वंजिर राम सिंह मेमोरियल पब्लिक हाई स्कूलको बस दुर्घटना हुँदा अधिकांश बालबालिकाको मृत्यु भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

मृत्यु हुनेमा २३ बालबालिका, दुई शिक्षक, चालक र एक महिला रहेका पुष्टि भएको छ । स्कुल बिदा भएपछि ६० जना विद्यार्थीलाई घर छोड्न गएको बस दुर्घटनामा परेको हो ।

दुर्घटनाको कारण भने खुलेको छैन । घाइतेको विभिन्न अस्पतालमा उपचार भैरहेको भारतीय सञ्चारमाध्यमले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ