खटाएको क्षेत्रमा जान कर्मचारीलाई दोस्रो पटक पत्रचार

खटाएको क्षेत्रमा जान कर्मचारीलाई दोस्रो पटक पत्रचार

  • मङ्लबार, चैत्र २७, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.1K
    SHARES

काठमाडौ २७ चैत्र ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले खटाएको कार्यक्षेत्रमा जान कर्मचारीलाई दोस्रो पटक पत्रचार गरेको छ ।

अघिल्लो पटक दिएको निर्देशनलाई अटेर गर्दै अघिकांश कर्मचारी अझै पनि केन्द्रमै रहेको पाइएपछि सम्वन्धित निकायलाई पत्राचार गरिएको मन्त्री लालबाबु पण्डितले जानकारी दिनुभयो ।

अघिल्लो निर्देशन अटेर गर्ने कर्मचारीहरुबारे खोज भईरहेको भन्दै उहाँले निर्देशन कार्यन्वयन गर्न नसक्ने विभागीय हाकिमलाई पनि कारवहीको दायरामा ल्याउने तयारी भइरहेको बताउनु भयो ।

कर्मचारी संगठनको आड र राजनीतिक पहुँचको भरमा सरकारको निर्देशन अटेर गर्ने कर्मचारी विरुद्ध सरकार अब कडा रुपमा प्रस्तुत हुने मन्त्री पण्डितले चेतावनी दिनुभएमो छ ।

मुलुक संघीयतामा गईसकेपनि निजामति कर्मचारीहरु भने सरकारले तोकेको स्थानीय तहमा जान आनाकानी गरेपछि प्रशासनिक सेवा भने प्रभावित हुँदै आएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ