न्यायाधीश नियुक्तिमा नयाँ मापदण्ड बनाइने

न्यायाधीश नियुक्तिमा नयाँ मापदण्ड बनाइने

  • सोमवार, चैत्र २६, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.1K
    SHARES

काठमाडौँ, २६ चैत ।
कानून, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङले न्यायाधीश नियुक्तिका लागि नयाँ मापदण्ड बनाइने बताउनुभएको छ ।

मन्त्रालयमा आज पत्रकारसँगको भेटमा उहाँले त्यसरी नियुक्त न्यायाधीश क्षमता र ज्येष्ठताको आधार हेरी राजनीतिक पृष्ठभूमिको समेत हुने बताउनुभयो ।

राजनीतिक निर्वाचनमा भोट हालेका योग्य मान्छे पनि न्यायाधीशमा नियुक्त हुन सक्ने भन्दै उहाँले नियुक्तिपछि भने स्वतन्त्र ढंगले काम गर्नुपर्ने बताउनु भयो ।

उहाँले न्यायाधीशलाई इजलासमा बसेर ढुक्कका साथ फैसला गर्ने वातावरण बनाइने स्पष्ट पार्नुभयो । मन्त्री तामाङले भ्रष्टाचार निवारण ऐन २०५९ र न्यायपरिषद् ऐनलाई संशोधन गरी सांसद, स्थानीय जनप्रतिनिधि र न्यायाधीशले आफ्नो सम्पत्ति सार्वजनिक गर्ने कानून बनाउन थालिएको समेत जानकारी दिनुभयो ।

उहाँले न्यायाधीशको उमेर सम्बन्धमा विवाद नआओस् भन्नाका लागि अहिलेका न्यायधीशका जन्ममितिको फाइल हेरिने बताउनुभयो ।

फैसलापछि फैसलाको पूर्णपाठ आउन महिनौँ लाग्ने परम्पराको अन्त्य गरिने उहाँको भनाइ थियो ।

न्यायालयमा जनशक्ति थपेर फैसलाको पूर्णपाठ अब १० देखि १५ दिनभित्र उपलब्ध गराउने योजना रहेको सुनाउदैँ उहाँले भन्नुभयो,‘‘फैसला भए पनि पीडितले न्याय नपाउने भन्ने कुराको अन्त्य गरिनेछ ।’’

मन्त्री तामाङले विकास आयोजना चाँडो सम्पन्न गर्न त्यससम्बन्धी मुद्दा चाँडो टुङ्याइने बारे पनि छलफल भइरहेको जानकारी दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ