अहिलेसम्म ७५२ विद्युतीय दुर्घटना , चालू आर्थिक वर्षमा आठ जनाको मृत्यु

अहिलेसम्म ७५२ विद्युतीय दुर्घटना , चालू आर्थिक वर्षमा आठ जनाको मृत्यु

  • सोमवार, चैत्र २६, २०७४
  • मिर्मिरे अनलाइन

  • 8.7K
    SHARES

काठमाडौँ, २६ चैत ।
चालू आर्थिक वर्षमा विद्युतीय दुर्घटनामा परी आठ जनाको मृत्यु भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । मृत्यु हुनेमा पाँच जना प्राधिकरणका कर्मचारी र तीन जना सर्वसाधारण रहेका छन् ।

विद्युतीय सुरक्षा दिवसका अवसरमा आज आयोजित कार्यक्रममा विसं २०६८ को असारदेखि अहिलेसम्म ७५२ विद्युतीय दुर्घटना भएको जनाईएको छ ।

विद्युतीय दुर्घटनाबाट शारीरिकरुपमा अंगभंग भएका व्यक्तिको उपचार खर्च र मृत्यु भएकाको परिवारलाई क्षतिपूर्तिबापत नेपाल विद्युत् प्राधिकरणले अहिलेसम्म रु १२ करोड २० लाख खर्च गरेको छ ।

सुरक्षासम्बन्धी उपकरण प्रयोग नगरी काम गर्दा हालसम्म भएका दुर्घटनामा ५० प्रतिशतभन्दा बढी प्राधिकरणकै कर्मचारी पर्ने गरेका छन् ।

हावाहुरी, चट्याङजस्ता प्राकृतिक प्रकोप, प्राधिकरणको जीर्ण वितरण प्रणाली, धेरै लामो तारमार्फत विद्युतीकरण, घरायसी प्रयोजनका लागि कमसल विद्युतीय उपकरणको प्रयोग, हुकिङबाट विद्युत् चोरी, जनचेतनाको अभाव जस्ता कारणले विद्युतीय दुर्घटना हुने गरेको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले विद्युतीय दुर्घटनाले निम्त्याउने वित्तीय जोखिम न्यूनीकरण गर्न तेस्रो पक्ष बीमा आवश्यक रहेको बताउनुभयो ।

यातायात क्षेत्रमा लागु गरिएको तेस्रो पक्ष बीमा विद्युतीय दुर्घटनामा पनि लागू गर्न सके वित्तीय जोखिम न्यूनीकरण गर्ने उपयुक्त विकल्प हुन सक्ने बताउनु भयो ।

मुलुकको आर्थिक समृद्धिका लागि ऊर्जा अनिवार्य भएको उल्लेख गर्दै मन्त्री पुनले विकसित नवीनतम तथा गुणस्तरीय प्रविधिको प्रयोगमार्फत सुरक्षित विद्युत् प्रयोग गर्नेतर्फ सबै सचेत हुनुपर्ने बताउनुभयो ।

ऊर्जा सचिव एवं प्राधिकरण सञ्चालक समिति अध्यक्ष अनुपकुमार उपाध्यायले मुलुकको विकासका लागि विद्युत् बरदान भए पनि यसमाथि गरिने सानो लापर्वाहीले ठूलो जनधनको क्षति हुनेतर्फ सबै सचेत हुनुपर्ने बताउनुभयो ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युतीय दुर्घटनाका कारण प्राधिकरणलाई अतिरिक्त वित्तीय बोझ बढेको बताउनुभयो ।

घिसिङले सुरक्षात्मक उपाय अपनाउनु भनेको मानवीय क्षति घटाउनु मात्रै नभई प्राधिकरणको वित्तीय अवस्था सुधार गर्ने अभियान पनि भएको बताउनु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ