नेपाल कम्युनिस्ट पार्टीले शान्तिपूर्ण रूपमा जनअान्दाेलन दिवस मनाउने क्रममा प्रहरीले हस्तक्षेप गरी दर्जनाैं नेकपाका नेता कार्यकर्ता गिरफ्तार गरेकाे छ ।
यसैक्रममा २९ औँ जनआदोलन दिवस मनाउदै गरेको अवसरमा कैलालीको धनगढीमा नेकपाका कञ्चनपुर जिल्ला इन्चार्ज अग्नि धामी, विद्यार्थीका केन्द्रीय सदस्य बिरेन्द्र साहलगायत ४ दर्जन भन्दा बढी नेताकार्यकर्ता गिरफ्तार भएका छन् ।
धनगढीको चटकपुरबाट हिडेको सेतीमहाकाली जुलुस धनगढी चौराइमा प्रहरीले लठ्ठी चलाउदा १०० भन्दा बढी घाइते भएका छन् । घाइते हुनेमा बढी महिलाहरू रहेको लक्ष्मी भट्टले बताए ।
यसैगरी दिउसो साढे २ बजेको समयमा धनगढीस्थित चौराहामा प्रहरीले पूर्व सभासद डबल बहादुर शाहसहित नेकपाका १९ जना नेता कार्यकर्तालाई गिरफ्तार गरेको छ ।
बिहिबार ४ कम्युनिष्ट पार्टीले संयुक्तरुपमा शान्तिपुर्ण आन्दोलनका कार्यक्रमहरु गर्ने निर्णय अनुसार आज देशभर शान्तिपूर्ण बिरोध प्रदर्शन गरेको थियो।
बिहिबार बसेको चार दलको बैठकले नेपालका क्रान्तिकारी कम्युनिष्ट पार्टीहरुलाई एकताबद्ध गर्ने आधार तयार पार्न बहस र छलफललाई निरन्तरता दिँदै तत्काललाई संयुक्त आन्दोलन गर्ने निर्णय गरेको थियो ।
बैठकपछि चारै दलका नेताहरुले संयुक्त रुपमा जारी गरेको विज्ञप्तिमा प्रधानमन्त्री केशी शर्मा ओलीको आसन्न भारत भ्रमणका क्रममा यसअघि नेपाल भारतबीच भएका असमान सन्धी सम्झौताको कार्यन्वयन गर्ने तयारीको विरोध गर्ने जनाइएको थियो।
चैत २४ गते दुवै देशका प्रधानमन्त्रीले अरुण तेस्रो परियोजनाको दिल्लीबाट संयुक्त रुपमा उदघाटन गर्ने निर्णयको विरोधमा सोही दिन काठमाडौं उपत्यकामा विरोध प्रदर्शन गर्ने, शान्तिपूर्ण संगठन, भेला र संघर्षमा दमन गरेकोमा त्यसको विरोध र भत्र्सना गर्ने र वैशाख ३ गते चारवटै पार्टीले अन्तरक्रिया गर्ने निर्णय गरेका थिए ।