रञ्जना लिपि सहित स्थानीय राजपत्र सार्वजनिक

रञ्जना लिपि सहित स्थानीय राजपत्र सार्वजनिक

  • शुक्रबार, चैत्र २३, २०७४
  • मिर्मिरे अनलाइन

  • 11.8K
    SHARES

 

चैत २३ ,काठमाडौँ काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले महानगरपालिकाद्वारा प्रकाशित ‘स्थानीय राजपत्र’ आज यहाँ सार्वजनिक गर्नुभयो ।

गएको पुस २४ गते प्रमाणीकरण भएको स्थानीय राजपत्र प्रकाशन कार्यविधिबमोजिम प्रकाशित राजपत्रको उहाँले सार्वजनिक गर्नुभएको हो ।

आज सार्वजनिक गरिएको राजपत्रमा नगरसभा सञ्चालन कार्यविधि २०७४, काठमाडौँ महानगरपालिकाको आव २०७४/७५ को नीति तथा कार्यक्रम, स्थानीय राजपत्र प्रकाशन कार्यविधि २०७४, काठमाडौँ महानगरपालिकाको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको ऐन, २०७४, कार्यपालिकाअन्तर्गत समिति, उपसमिति, गठनसम्बन्धी कार्यविधि २०७४, विनियोजन ऐन, २०७४ र कार्य सम्पादन नियमावली, २०७४ रहेका छन् ।

राजपत्रको माथिल्लो भागमा नेपाल सरकारको निशाना छाप, त्यसको तल क्रमशः देवनागरी लिपि र रञ्जना लिपिमा काठमाडौँ महानगरपालिका लेखिएको छ भने त्यसपछि स्थानीय राजपत्र लेखिएको छ । प्रकाशित राजपत्रहरु नागरिकले महानगरको पुस्तकालयबाट सहजै खरिद गर्न सक्ने बताइएको छ ।

स्थानीय राजपत्र सर्वोजनिक गर्दै महानगरपालिकाका प्रमुख शाक्यले नगरसभाबाट पारित नीति, योजना, कार्यक्रम, बजेट, ऐन, नगर कार्यपालिकाबाट स्वीकृत नियमावली, कार्यविधि, निर्देशिका, मापदण्ड, निर्णय तथा प्रमुखबाट गरिएका संस्थागत तथा नीतिगत प्रबन्ध नागरिकको सहज जानकारीका लागि स्थानीय राजपत्र प्रकाशन गरिएको जानकारी दिनुभयो ।

आजबाट प्रकासित स्थानीय राजपत्र कानूनी शासनलाई संस्थागत गर्ने र महानगरको आधिकारिक प्रकाशनका रुपमा रहने उहाँले बताउनुभयो ।
–––

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ