चट्याङ लागेर २ को मृत्यु, ११ घाइते

चट्याङ लागेर २ को मृत्यु, ११ घाइते

  • बिहिबार, चैत्र २२, २०७४
  • मिर्मिरे अनलाइन

  • 8.3K
    SHARES

काठमाण्डौ , २२ चैत ।
वर्षासँगै परेको चट्याङ लागेर खोटाङमा दुईजनाको मृत्यु भएको छ । प्रदेश १ का अन्य जिल्लामा चट्याङले ११ जना घाइते भएका छन् ।
खोटाङको रुपाकोट मझुवागढी नगरपालिका २ मा चट्याङ पर्दा हिजो साँझ स्थानीय ६२ वर्षीय सम्मरबहादुर दाहालको मृत्यु भएको प्रहरीले जनाएको छ ।
यसैगरी खोटाङकै साकेला गाउँपालिका २ मा परेको चट्याङ लागेर स्थानीय ५५ वर्षीया बालकुमारी खत्रीको मृत्यु भएको छ । उनका श्रीमान प्रेमबहादुर खत्री घाइते भएका छन् ।
यस्तै उदयपुरको कटारीमा चट्याङले जलसरी राई, सीता राई, सबिना राई, खेतबहादुर सुनुवार, तारा कार्की र हीरामाया जोग घाइते भएा छन् ।
उता, भोजपुरको पौवादुम्मा गाउँपालिका ५ मा परेको चट्याङले तारा घिमिरे, घाइते भएकी छन् ।यसैगरी मोरङको लेटाङ नगरपालिका ७ मा चट्याङले लालमाया लिम्बू, दिलमाया लिम्ब्ू र नरबहादुर लिम्बू घाइते भएका छन् ।
प्रदेश नम्बर १ प्रहरी कार्यालयका अनुसार घाइतेहरुको स्थानीय स्वास्थ्य संस्थाहरुमा उपचार भइरहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ