काठमाण्डौंमा अप्रिलको सुरुवातमै ६५ मिलिमिटर वर्षा , औषतभन्दा बढी पानी पर्यो

काठमाण्डौंमा अप्रिलको सुरुवातमै ६५ मिलिमिटर वर्षा , औषतभन्दा बढी पानी पर्यो

  • बिहिबार, चैत्र २२, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

काठमाडौं ,चैत्र २२ ।
काठमाडौंमा यो महिना औषत भन्दा बढी पानी परिसकेको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।
सामान्यतया अप्रिल महिनामा काठमाडौंमा ६१ मिलिमिटर पानी पर्नुपर्नेमा महिनाको सुरुवात नै ६५ मिलिमिटर भन्दा बढी पानी परिसकेको मौसमविद वरुण पौडेलले जानकारी दिनुभयो ।
उपल्लो वायुमण्डलमा बनेको न्यूनचापिय प्रणालीको प्रभावका कारण अझै कृहि दिन बर्षा हुने पनि उहाँले बताउनु भयो ।
आज पनि काठमाण्डौं उपत्यकासहित अधिकांश स्थानमा पानी पर्ने संभावना रहेको महाशाखाले जनाएको छ । मार्चदेखि अप्रिलको अन्त्यसम्म प्रि मनसुनको प्रक्रिया चल्ने भएकाले विषेशगरी पहाडी भू–भागमा मेघ गर्जनसहित पानी पर्ने, हावाहुरी चल्ने, चट्याङ पर्ने मौसमविद पौडेलले बताउनुभयो ।
अझै एक–दुई दिन बिहान मौसम खुले पनि अपरान्हपछि बदली भएर साँझपख पानी पर्ने सम्भावना रहेको उहाँले बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ