यातायात व्यवसायीद्धारा आजबाट नियमित सवारी सन्चालन

यातायात व्यवसायीद्धारा आजबाट नियमित सवारी सन्चालन

  • बिहिबार, चैत्र २२, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.3K
    SHARES

काठमाडौं, चैत्र २२ । मयूर यातायातको विरोध गर्दै आन्दोलनमा उत्रिएका १२ वटा यातायात सेवा समितिले तत्कालका लागी आन्दोलन स्थगित गरेका छन् ।
सरकारले अन्य यातायात समितिलाई अस्थायी रुट परमिट दिएर सञ्चालन गर्न थालेपछि कोटेश्वर पूर्वका यातायात व्यवसायीहरुले पनि आजदेखि यातायात सञ्चालन गरेका छन् ।
भोलि यातायात व्यवसायी महासंघको ३ नम्बर प्रदेश कमिटीले छलफल गर्ने र २६ गते व्यवसायी महासंघको केन्द्रिय कमिटीको बैठक बस्ने र त्यसपछि मात्रै थप रणनीति तय गर्ने काभ्रे बस व्यवसायी संघका अध्यक्ष दिलबहादुर शाहीले जानकारी दिनुभयो ।
नयाँ कम्पनीले परामर्श नै नगरी सेवा सुरु गरेको भन्दै आफ्नो आन्दोलन नयाँ व्यवसायीको विरोधमा नभई लगानी जोगाउन मात्रै केन्द्रित भएको शाहीले बताउनुभयो ।
मयूर यातायातलाई काठमाण्डौ–बनेपासम्मको अनुमति दिएपछि भक्तपुर र काभ्रेका व्यवसायीहरुले १८ गतेदेखि २० गतेसम्म कोटेश्वर पूर्वको ग्रामीण भेगमा यातायात ठप्प पार्नुका साथै हिजो कोटेश्वर पूर्वको बस सेवा पूर्णरुपमा बन्द गरेका थिए । तर उनीहरुको आन्दोलनलाई सिन्डिकेटको पृष्ठपोषण भएको भन्दै यातायात विभागले साझा, सिटी मेट्रो तथा मयुरलाई धुलिखेलसम्मकै अस्थायी रुट अनुमति दिएकोछ ।
थप आन्दोलन गरेमा पुराना बस व्यवसायीहरुको रुट इजाजत नै खारेज गर्ने तयारी विभागले गरेपछि यातायात व्यवसायी पछि हटेका हुन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ