नवलपरासी, चैत २२ । पूर्वी नवलपरासीको गैंडाकोटमा ८ महिनाकी छोरीलाई बलात्कार गरेको आरोपमा बाबु पक्राउ परेका छन् ।
गैंडाकोट नगरपालिका वडा नम्बर ९ थुम्सीका ३० बर्षीय ती पुरुषले आफ्नै नाबालिका छोरी बलात्कार गरेको भन्दै प्रहरीले पक्राउ गरेको हो । घरमा कोही नभएको बेला उनले ८ महिनाकी दुधे बालिकाको बलात्कार गरेको प्रहरीले जनाएको छ ।
पीडित बालिकाकी आमाको जाहेरीको आधारमा प्रहरीले बलात्कार गरेको आरोपमा बुवालाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय गैंडाकोटका प्रहरी निरीक्षक दिवश कुमार जिसीले जानकारी दिनुभयो ।
ती पुरुष लागुऔषध दुर्व्यवसनीमा फसेको जनाइएको छ । उनलाई हाडनाता करणी उद्योग मुद्दामा म्याद थप गरि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
पीडित बालिकाको स्वास्थ्य अवस्था नाजुक रहेको र चितवनको एक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline