सुरक्षीत छैन फेसबुक , ८ करोड ७० लाख प्रयोगकर्ताको डाटा चोरी भएको फेसबुकद्वारा स्वीकार

सुरक्षीत छैन फेसबुक , ८ करोड ७० लाख प्रयोगकर्ताको डाटा चोरी भएको फेसबुकद्वारा स्वीकार

  • बिहिबार, चैत्र २२, २०७४
  • मिर्मिरे अनलाइन

  • 12.5K
    SHARES

वासिंटन, चैत २२ । सामाजिक सञ्जाल फेसबुकले ८ करोड ७० लाख फेसबुक प्रयोगकर्ताको डाटा चोरी भएको स्वीकार गरेको छ ।
फेसबुकका संस्थापक मार्क जुकरबर्गले ८ करोड ७० लाख व्यक्तिको डाटा चोरी भएको जानकारी दिएको बीबीसीले जनाएको छ ।
यसअघि क्रिस्टोफर बिलीले पाँच करोडको डाटा चोरी भएको खुलासा गरेका थिए । डाटा चोरी हुनेहरुमा ११ लाख बेलायती छन् ।
बीबीसीका अनुसार ‘दिस इज योर डिजिटल लाइफ’ भनिने प्रश्नोत्तर जडान गर्ने ३ लाख ५ हजार प्रयोगकर्ताको माध्यमबाट विवरणहरू चुहिएको फेसबुकको अनुमान छ । डाटा चोरी भएको खुलासा भएपछि फेसबुकको केही समयदेखि आलोचना हुँदै आएको छ ।
केही वर्षदेखि क्याम्ब्रिज एनालिटिकाले करोडौं ब्यक्तिको जानकारी जम्मा गरेको थियो । लण्डनमा रहेको कम्पनीले ती जानकारी डिलिट गरेको जनाएको छ ।

क्याम्ब्रिज एनालिटीकाको स्क्याण्डल सार्वजनिक हुने बित्तिकै फेसबुकका संस्थापक मार्क जुगरबर्गले कम्पनीबाट गल्ती भएको स्वीकार गर्दै यसको ब्यवस्थापन गर्ने आश्वासन समेत दिनुभएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ