दुई हजार ३०० हेक्टर वनमा आगलागी, एकको मृत्यु

दुई हजार ३०० हेक्टर वनमा आगलागी, एकको मृत्यु

  • बिहिबार, चैत्र २२, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

काठमाडौँ, २२ चैत ।
गर्मीयाम शुरु भएसँगै मुलुकको दुई हजार ३०३ हेक्टर क्षेत्रफल वनमा आगलागी भएको छ ।
विभागले दिएको जानकारीअनुसार पहाडी तथा तराईका १३ जिल्लाका १०६ वनमा आगलागी भएको हो ।
सोमध्ये तनहुँको एक वन आगलागी हुँदा तीन हेक्टर, रौतहटका १० वनमा ४४ हेक्टर, मोरङको एक वनमा एक हेक्टर, सिन्धुली १५ वन ३३९ हेक्टर, मकवानपुर १७ वनमा १६५ हेक्टर, ओखलढुंगा पाँच वन ८३५ हेक्टरमा क्षति भएको छ ।
यसैगरी, ताप्लेजुङको दुई वनमा १९५ हेक्टर, इलाम छ वनमा ३३ हेक्टर, धनकुटा सात वन २५३ हेक्टर, रसुवा दुई वन सात हेक्टर, भोजपुर दुई वन आठ हेक्टर, धादिङ ३८ वन ३३५ हेक्टर र गुल्मीमा एक वन ९० हेक्टर क्षति भएको छ ।
विभागका सहायक वन अधिकृत डम्बरबहादुर भण्डारीले गर्मीसँगै हावाहुरी र गर्मीका कारण वनमा हुने आगलागी बढेको बताउनुभयो । उहाँले तनहुँमा वनमा भएको आगलागीले ६९ वर्षीय मोहनबहादुर थापाको मृत्यु भएको जानकारी दिनुभयो ।
उहाका अनुसार आगलागी भएका वनमा वनका कर्मचारी, स्थानीय उपभोक्ता, नेपाल प्रहरी, नेपाली सेनामार्फत आगलागी नियन्त्रणमा लिइएको हो ।
यसका अलावा अर्घाखाँची, बारा, चितवन, दाङलगायतका २५ जिल्लाका वनमा आगलागी भएको तर कति क्षति भयो भन्नेबारेमा आधिकारिक खबर नआइसकेको विभागले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ