विकास बजेटको ठूलो हिस्सा खर्च हुन सकेन

विकास बजेटको ठूलो हिस्सा खर्च हुन सकेन

  • बुधबार, चैत्र २१, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.7K
    SHARES

पर्सा, चैत्र २१ ।

विकास निर्माणसँग सम्बन्धित पर्सा जिल्लाका सरकारी कार्यालयहरुले विकास बजेटको ठूलो हिस्सा खर्च गर्न सकेका छैनन् ।

सडक, भवन, सिंचाई, खानेपानी जस्ता जनसरोकारका कार्यालयहरुले नै विकास बजेट खर्च गर्न नसकेका हुन् ।

सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयले २ अर्ब २३ करोड ५६ लाख ९५ हजार रुपैयाँ बजेट मध्ये ६० करोड ८० लाख ६४ हजार रुपैयाँ मात्र खर्च भएको कोष तथा लेखा नियन्त्रण कार्यालय वीरगञ्जका कोष नियन्त्रक एवं सूचना अधिकृत नारायण बहादुर श्रेष्ठले जानकारी दिनुभयो ।
हुलाकी सडक योजना कार्यालयले सडक निर्माणका लागि आएको ३० करोड ८५ लाख रुपैयाँ मध्ये १२ करोड ८६ लाख रुपैयाँ मात्र खर्च गरेको छ । व्यापारीक मार्ग बिस्तार आयोजना वीरगञ्ज पथलैया सडक खण्डले ५७ करोड १० लाख ६५ हजार रुपैयाँ बजेट मध्ये ३७ करोड ४२ लाख रुपैयाँ मात्र खर्च गर्न सकेको छ ।
सिंचाई विकास डिभिजन कार्यालयले १२ करोड ७९ लाख रुपैयाँ मध्ये १ करोड ७० लाख रुपैयाँ मात्र खर्च गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी