महानगरीय प्रहरी परिसरका प्रमुख पोखरेल भन्छन्: समाज परिवर्तनका लागि युवा शक्तिको सहयोग आवश्यक

महानगरीय प्रहरी परिसरका प्रमुख पोखरेल भन्छन्: समाज परिवर्तनका लागि युवा शक्तिको सहयोग आवश्यक

  • बुधबार, चैत्र २१, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

काठमाडौँ, २१ चैत ।
मुलुकको आमूल परिवर्तनमा युवा शक्तिको साथ सहयोग आवश्यक रहेको छ ।

महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्क र सामुदायिक प्रहरी सेवा केन्द्रले आज आयोजना गरेको ‘नागरिकको चाहना प्रहरीको कर्तव्यमा युवाको भूमिका’ विषयक अन्तरक्रियामा महानगरीय प्रहरी परिसरका प्रमुख विश्वराज पोखरेलले नयाँ बसपार्क क्षेत्रको शान्ति सुरक्षाका लागि इमान्दार युवाको समिति निर्माण गर्नुपर्ने आवश्यकता औल्याउनुभयो ।

“काठमाडौँ परिवर्तन गर्ने अभियानमा प्रहरी लागेको छ, यसमा इमान्दार नागरिकको सहयोग आवश्यक छ”, उहाँले भन्नुभयो ।

प्रमुख पोखरेलले समाजमा खुल्ने विभिन्न संघसंस्था र क्लब नामका लागिमात्र नभएर समाजसेवा गर्नसमेत सबैलाई आग्रह गर्नुभयो । प्रहरी र युवा हातेमालो गरेर अगाडि बढेमात्र नयाँ बसपार्क क्षेत्रको शान्ति सुरक्षामा परिवर्तन आउने उहाँको भनाइ थियो ।

महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रमुख योगेन्द्रसिंह थापाले नागरिकको सहयोगबिना प्रहरीले शान्ति सुरक्षाको क्षेत्रमा सुधार ल्याउन नसक्ने भन्दै समाजमा घट्ने हरेक घटनाको सूचना प्रहरीलाई दिन आग्रह गर्नुभयो ।

टोखा नगरपालिका वडा नं १० का अध्यक्ष जेपी नेपालले बसपार्क रहेको गोङ्गबु क्षेत्रलाई नमूना क्षेत्र बनाउनका लागि वडाले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

टोखा नगरपालिका वडा नं ८ का अध्यक्ष केशव खत्रीले व्यक्ति आफैँ सुध्रिन सकेमात्र समाज सुधार हुने भएकाले समाजसुधारका लागि आफैँबाट अभियान थाल्नुपर्ने बताउनुभयो ।

महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कका प्रमुख प्रताप पौडेलले देशभरबाट आएका सवारी साधन पार्किङ क्षेत्र नयाँ बसपार्कको शान्ति सुरक्षामा सुधार ल्याई सबैको रोजाइ नयाँ बसपार्क बनाउन आफू लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले बर्दीको महत्वलाई केन्द्रमा राखेर बसपार्कको शान्ति सुव्यवस्थालाई राम्रो बनाउने स्पष्ट पार्नुभयो ।

चार महिनामा प्रभागले सामुदायिक प्रहरी सेवा केन्द्रसँग मिलेर १७ विद्यालयमा जनचेतनामूलक कार्यक्रम, आठ वटा जुवाको खाल नियन्त्रण र ठूलो परिमाणमा घरेलु मदिरा नष्ट गरिसकेको सेवा केन्द्रका प्रहरी नायब निरीक्षक दीपेन्द्रबहादुर मल्लले जानकारी दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ