काठमाडौं, चैत २१ ।
काठमाण्डौ उपत्यका सहित देशका बिभिन्न स्थानमा बर्षा भईरहेको छ ।
काठमाडौं उपत्यका र आसपासमा अझै केही दिन पानी पर्ने मौसमविद शान्ति कँडेलले बताउनु भयो । बितेको २४ घण्टामा काठमाडौंमा मात्रौ ५४ दशमलव ७ मिलिलिटर पानी परेको छ ।
सामान्यतया अप्रिल महिनामा काठमाडौंमा ६१ मिलिमिटर पानी पर्ने गरेकोमा यसपाली चार दिनमा ५५ दशमलव २ मिलिमिटर पानी परिसकेको मौसमविद कँडेलले जानकारी दिनुभयो ।
उहाँका अनुसार अहिले प्रिमनसुनी गतिविधि सक्रिय भएकाले उपत्यकासहित देशका धेरै ठाउँमा पानी परिरहेको हो । अझै केही दिन बिहान मौसम खुलेजस्तो भए पनि दिउँसोपछि बदली भई मेघगर्जनसहित पानी पर्ने उहाँको अनुमान छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline