गोरखा र मकवानपुरबाट नेकपाका दुई नेता गिरफ्तार , तत्काल रिहा गर्न माग

गोरखा र मकवानपुरबाट नेकपाका दुई नेता गिरफ्तार , तत्काल रिहा गर्न माग

  • बुधबार, चैत्र २१, २०७४
  • मिर्मिरे अनलाइन

  • 10.8K
    SHARES

मकवानपुर , २१ चैत ।

गोरखाका पुराना कम्युनिष्ट नेता तथा नेपाल कम्युनिष्ट पार्टीका गोरखा जिल्ला इन्चार्ज योगेन्द्र कुमाललाई प्रहरीले गिरफ्तार गरेको छ । कुमाललाई गोरखा १० किलो स्थित उहाँकै घरबाट प्रहरीले गिरफ्तार गरेको हो ।

चैत १६ गते गण्डकी गाउँपालिका ५ मा एनसेलको मोबाइल फोन टावरमा आगजनी गरेको र १९ गते राति मध्यपहाडी लोकमार्ग सडक खण्डको मसेलमा डोजरमा आगो लगाएको आरोपमा कुमाललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी प्रकाश अधिकारीले जानकारी दिनुभयो ।

तर नेकपा गोरखाले भने उक्त घटनामा आफ्नो पार्टीको संलग्नता नरहेको प्रस्ट पारेको छ ।

उहाँ अस्वस्थ रहेर घरमा नै आराम गरिरहेको बेला झुठा मुद्धामा उहाँलाई गिरफ्तार गरेको भन्दै नेकपाले आपत्ती जनाएके छ । उहाँलाई तत्काल बिना शर्त रिहा गर्न पनि माग गरेको छ ।

यस्तै मकवानपुरबाट आज बिहान नेकपाका स्थानीय कार्यकर्ता ईमान सि थिंगलाई गिरफ्तार गरेको छ ।

मकवानपुर मनहरी ३ सिद्धावाली जिप्रका मकवानपुरले आज घरमा सुतिरहेको अवस्थामा गिरफ्तार गरेको हो ।

विनाकारण घरमा सुतिरहेका कार्यकर्तालाई अपहरण शैलीमा गिरफ्तार गरिएको भन्दै नेकपा मकवानपुरले भने आपती जनाएको छ । आज ईन्चार्ज ज्वाला र सेक्रेटरी अनुरागले संयुक्त विज्ञप्ती निकालेर गिरफ्तार कार्यकर्तालाई तत्काल रिहा गर्न माग गर्नुभएको छ ।

बिनाकारण नेकपा नेता कार्यकर्ता गिरफ्तार गरि झुठा मुद्धा लगाउने कार्य नरोकिएको भन्दै तत्काल बिनाशर्त रिहा गर्न पनि बिज्ञप्ती मार्फत माग गरिएको छ ।

उहाँको रिहाई नभए कडा संघर्षको कार्यक्रम ल्याउन बाध्य हुने पनि चेतावनी दिनईएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ