विद्युत चोरी गर्ने सरकारी कर्मचारीसहित १० जना पक्राउ

विद्युत चोरी गर्ने सरकारी कर्मचारीसहित १० जना पक्राउ

  • बुधबार, चैत्र २१, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.9K
    SHARES

गौर, चैत २१ ।
रौतहटबाट विद्युत चोरी गरेर उपभोग गरेको आरोपमा एकजना सरकारी कर्मचारी सहित १० जना पक्राउ परेका छन् ।
बिजुली चोरी गरेको आरोपमा जिल्ला वन कार्यालय रौतहटका एक वनपाले सहित फरक स्थानबाट दश जना पक्राउ परेका छन् ।
जिल्ला वन कार्यालय रौतहटको सिम्री ईलाका वन कार्यालय रौतहटको आवासमा विद्युत चोरी गरेको आरोपमा नेपाल विद्युत प्राधिकरण चन्द्रनिगाहपुर शाखाले वनपाले पुर्ण बहादुर माझीलाई पक्राउ गरेका छ । सो कार्यालयका प्रमुख फरेष्टर विमलप्रसाद चौधरी भने फरार छन् ।
पक्राउ पर्ने अन्य गुजरा नगरपालिकाका बासिन्दा छन् । उनीहरु सबै ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको हिरासतमा छन ।
पक्राउपर्नेहरुमा रङ्गपुरका दिपक चौधरी, रञ्जन चौधरी, मनहर्वाका हरेन्द्र चौधरी भवानीपुरका महेश राम, ्जुगौलीयाका दिपेन्द्र प्रसाद साह, मेढाका दशरथ चौधरी लगायत छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ