एजेन्सी, चैत २१ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोसँगको सीमा क्षेत्रमा सेना तैनाथ गर्ने बताउनु भएको छ ।
मेक्सिकोसँगको सीमामा सेना तैनाथ गर्ने यसअघि नै घोषणा गरिसक्नुभएका राष्ट्रपति ट्रम्पले त्यसका लागी सिमा क्षेत्रमा सेना तैनाथ गर्ने तयारी भईरहेको बताउनु भएके हो ।
ह्वाइट हाउसमा पत्रकारसँग कुरा गर्दै उहाँले भन्नुभयो, ‘हामी सैन्यरुपमा काम गर्न गइरहेका छौं, यो ठूलो कदम हो ।’
तर राष्ट्रपति ट्रम्पको मेक्सिकोसँगको सीमामा पर्खाल लगाउने घोषणा कार्यान्वयनमा भनेसंसदले साथ दिएको छैन ।
बाल्टिक देशका नेताहरुसँगको लञ्चपछि पत्रकारहरुसँग कुरा गर्दै ट्रम्पले भन्नुभयो , ‘मेक्सिकोले आप्रवासीको आवतजावत नरोकेसम्म उत्तरी अमेरिका निःशुल्क व्यापार सम्झौता खतरामा रहन्छ ।’
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline