काठमाण्डौ , २१ चैत ।
मादक पदार्थ सेवन गरेका युवकको आक्रमणबाट झापामा दुईजना प्रहरीलाई घाइते भएका छन् ।
गस्तीमा रहेको प्रहरी टोलीलाई लक्षित गरी स्थानीय सुवास राईले भद्रपुर नगरपालिका ४ पुरी चोकमा खुकुरीले आक्रमण गरेको प्रदेश १ प्रहरी कार्यालले जनाएको छ ।
खुकुरी प्रहारबाट महेशपुर प्रहरी चौकीका सहायक निरीक्षक प्रकाश खवास र जवान पुण्यप्रसाद पोखरेल घाइते भएको प्रहरीले जनाएको छ ।
उनीहरुको विर्तामोडस्थित एक अस्पतालमा उपचार भइरहेको छ । आक्रमण गर्ने युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline