उपत्यका र आसपासमा अझै केही दिन मेघगर्जनसहित पानी पर्ने

उपत्यका र आसपासमा अझै केही दिन मेघगर्जनसहित पानी पर्ने

  • बुधबार, चैत्र २१, २०७४
  • मिर्मिरे अनलाइन

  • 12K
    SHARES

काठमाडौं, चैत २१ ।
देशैभर आज पनि मौसम बदली भै केही स्थानमा पानी पर्ने मौसमविदले बताएका छन् ।

मौसमविद शान्ति कँडेलले अनुसार आज पनि पूर्व र मध्य क्षेत्रको मौसम सामान्यतया बदली हुँदा पश्चिमको मौसम आंशिक बदली हुनेछ ।

काठमाडौं उपत्यका र आसपासमा अझै केही दिन पानी पर्ने उहाँले बताउनु भयो । बितेको २४ घण्टामा काठमाडौंमा मात्रौ ५४ दशमलव ७ मिलिलिटर पानी परेको छ ।

सामान्यतया अप्रिल महिनामा काठमाडौंमा ६१ मिलिमिटर पानी पर्ने गरेकोमा यसपाली चार दिनमा ५५ दशमलव २ मिलिमिटर पानी परिसकेको मौसमविद कँडेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार अहिले प्रिमनसुनी गतिविधि सक्रिय भएकाले उपत्यकासहित देशका धेरै ठाउँमा पानी परिरहेको हो । अझै केही दिन बिहान मौसम खुलेजस्तो भए पनि दिउँसोपछि बदली भई मेघगर्जनसहित पानी पर्ने उहाँको अनुमान छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ