पशुपतिनाथ क्षेत्र मगन्तेरहित घोषणा ः अब कहाँ जान्छन् पशुपतिका मगन्ते ?

पशुपतिनाथ क्षेत्र मगन्तेरहित घोषणा ः अब कहाँ जान्छन् पशुपतिका मगन्ते ?

  • मङ्लबार, चैत्र २०, २०७४
  • मिर्मिरे अनलाइन

  • 8.6K
    SHARES

काठमाडौं, चैत २० । काठमाडौंको पशुपतिनाथ क्षेत्रलाई मगन्तेरहित क्षेत्र घोषणा गरिएको छ ।भक्तजन र पर्यटकहरुलाई व्यवधान पुगेको भन्दैमंगलबार राजधानीमा आयोजित एक कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले पशुपतिनाथ क्षेत्रलाई मगन्तेरहित घोषणा गरेका हुन् ।

मन्त्री अधिकारीले पशुपतिनाथ क्षेत्रमात्र नभइ अरु धार्मिक क्षेत्रहरुलाई पनि मगन्तेरहित बनाउनुपर्ने बताए ।

पशुपति क्षेत्र विकास कोषका अध्यक्षसमेत रहेका मन्त्री अधिकारीले पशुपतिनाथ क्षेत्रमा माग्दै हिँड्नेहरुलाई मानव सेवा आश्रममा राख्ने व्यवस्था मिलाइएको बताए ।

कार्यक्रममा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले आफ्नो कार्यकालभित्रै महानगरलाई मगन्तेरहित बनाउने उद्घोष गरे ।

महानगरपालिकाले वृद्धाश्रम बनाउने सोचाइ नराखेको भन्दै वृद्धवृद्धाहरुका लागि मनोरन्जन केन्द्र स्थापना गर्ने बताए ।

सो अवसरमा पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव प्रदीप ढकालले पशुपति क्षेत्रमा यो वर्षको सुरुका दिनमा १५२ जनामात्रै मगन्ते रहेकामा शिवरात्रिपछि मगन्तेहरु बढेको बताए ।

उनले मगन्तेहरु चाडपर्वअनुसार फरक–फरक ठाउँमा पुग्ने गरेको पाइएको पनि बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ