नपढाएरै तलब खाने मुख्यमन्त्रीकी श्रीमतिको जागिर चट्‍, समाचार लेख्ने पत्रकारलाई धम्की दिने बिरुद्ध प्रहरीमा मुद्दा

नपढाएरै तलब खाने मुख्यमन्त्रीकी श्रीमतिको जागिर चट्‍, समाचार लेख्ने पत्रकारलाई धम्की दिने बिरुद्ध प्रहरीमा मुद्दा

  • मङ्लबार, चैत्र २०, २०७४
  • मिर्मिरे अनलाइन

  • 14.9K
    SHARES

२० चैत,सुर्खेत । नपढाएरै सेवा सुविधा बुझेको समाचार अाएपछि कर्णाली प्रदेशको मुख्यमन्त्री महेन्द्रबहादुर शाहीकी पत्नी चन्दा शाहीले राजिनामा दिएकी छन् ।

कालिकोटको पचाल झरनाको गाउँपालिकाको तिकुवास्थित कालिका आधारभूत विद्यालयकी शिक्षिका चन्दाले विगत चार वर्षदेखि  नपढाएरै सेवा सुविधा लिइरहेको समाचार अनलाइन डबलीले प्रकाशित गरेको थियो । पूर्वजनमुक्‍ति सेनाका डिभिजन कमाण्डर तथा माओवादी केन्द्रका नेता शाही दोस्रो संविधान सभाको लागि कालिकोटमा निर्वाचित भएदेखि पत्नी चन्दा वर्षको एक पटक मात्रै हाजिर गर्न जाने गरेको सार्वजनिक भएको थियो ।

कालिकोटका जिल्ला शिक्षा अधिकारी विष्णु तिवारीले भने शिक्षिका चन्दाले विगत पाँच महिना पहिले राजिनामा दिइसकेको बताए । तिवारीले अनलाइन डबलीसँग कुरा गर्दै भने, ‘शिक्षिका चन्दाले पाँच पहिला पहिले दिएका राजिनामा स्वीकृत भइसकेको छ ।’

जिल्ला शिक्षा कार्यालयकै एक कर्मचारीका अनुसार चन्दाले समाचार अाएपछि राजिनामा दिएको बताए । उनले समाचारबाट परेको प्रभावबाट बच्न पुरानो मितिमा राजिनामा दिएको भनिएको हो ।

यदि पाँच जिशिअ तिवारीले भनेकै बेला चन्दा राजिनामा दिएको भएपनि त्यो भन्दा पहिलेसम्म नपढाएरै खाएको तलब फिर्ता गर्नु पर्दैन ।

यसैबीच 

मुख्यमन्त्री शाहीका सालाले पत्रकार नरेश भण्डारीलाई धम्की दिनुको साथै सामाजिक संजालमा गाली बेइजत गरेका छन् । मुख्यमन्त्री शाहीकी श्रीमति चन्दा शाहीले नपढाएरै तलब खाएको समाचारलाई लिएर उनले धम्की दिनुको साथै सामाजिक संजाल फेसबुकमा जथाभावि गाली गरेका हुन् ।

मख्यमन्त्रीका साला लोकेन्द्र शाहीले फोन गरेर ठिक पार्ने धम्की दिनुको साथै सामाजिक संजालमा तल्लोस्तरको गाली बेइजती गरेका छन् । उद्यपी उनी शाही मुख्यमन्त्रीका अाफ्नै साला भने होइनन् । उनको घर हुम्ला हो भने मुख्यमन्त्री शाहीको ससुराली कालिकोट हो । तर, दिदी-भिनाजु भन्दै लामो समयदेखि उनी सँगै बसिरहेका छन् ।

नेपाल पत्रकार महासंघ जुम्ला शाखाका सदस्य भण्डारी जनमास मासिक पत्रिका र रारान्यूज डटकमका सम्पादक हुन् । भण्डारीले अाफ्नो सार्वजनिक रुपमा मानहानी भएको भन्दै प्रहरीमा उजुरी दिने तयारी गरेका छन् ।

‘समाचारको विषयमा चित्त नबुझे राज्यका सम्बन्धित निकायहरु छन्, त्यहाँ जानु पर्थ्यो तर सामाजिक संजलामा मेरो चरित्रहत्या गर्नेगरी अभिव्यक्त दिनु भएको छ, सम्बन्धित निकायमा जान्छु’ भण्डारीले भने । उनले नेपाल पत्रकार महासंघलाई पनि जानकारी गराएको बताए ।

लामो समयदेखि मुख्यमन्त्री शाहीसँगै बस्दै अाएका शाहीले फेसबुकमा ‘ठकुरीशाही कार्ल माक्स’ नामबाट फेसबुक चलाउँदै अाएका छन् । उनले पत्रकार भण्डारीको फोटोमा मानसिक सन्तुलन ठिक नभएको भन्दै सुधारकेन्द्रमा लिनुपर्ने लेखेका छन् । फेसबुकमा लेख्नुभन्दा पहिला शाहीले ९८६९५२०६१८ नम्बरबाट पत्रकार भण्डारीलाई फोन गरेर धक्मी समेत दिएका थिए ।

पत्रकार भण्डारी नेकपा माओवादी केन्द्र पत्रकार संगठन प्रेस सेन्टरका केन्द्रीय सदस्य समेत हुन् । सँगै बस्ने व्यक्तिले पार्टी निकट पत्रकारलाई धम्की दिनुको साथै सामाजिक संजालमा जथाभावि लेख्दा समेत चुप लागेर बसेको भन्दै माओवादी केन्द्रका नेताहरुले मुख्यन्त्री शाहीको अालोचना गरेका छन् ।–अनलाइन डबलीबाट

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ