१ सय २८ अमेरिकी बस्तुमा भण्सार शुल्क बढाउने चीनको निर्णय

१ सय २८ अमेरिकी बस्तुमा भण्सार शुल्क बढाउने चीनको निर्णय

  • मङ्लबार, चैत्र २०, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.7K
    SHARES

काठमाडौ २० चैत्र ।
चीनले अमेरिकाबाट आयात हुने वस्तुको भन्सार शुल्क वृद्धि गरेकोमा अमेरिकाले आलोचना गरेको छ । ह्वाइट हाउसले विज्ञप्ति जारी गर्दै बेइजिङले विश्व बजार बिगारेको आरोप लगाएको छ ।

अमेरिकाले चीनबाट निर्यात गरिने सामग्रीमा भन्सार शुल्क बढाएपछि चीनले पनि यस्तो कदम चालेको अन्तर्राष्ट्रिय सन्चार माध्यमले जनाएका छन् ।

चीनले बंगुरको मासु, वाइन लगायतका १ सय २८ अमेरिकी बस्तुमा २५ प्रतिशतसम्म भन्सार शुल्क बढाएको जनाएको छ । अमेरिकी निर्णयपछि हुने असन्तुलन र आफ्नो हितलाई सुरक्षा प्रदान गर्न यस्तो कदम चालिएको चीनले जनाएको छ ।

चीनको निर्णयबाट अमेरिकालाई करिब ३ अर्ब डलर बराबरको नोक्सानी हुने अनुमान छ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले विदेशी स्टील र आल्मुनियममा कर बढाउने निर्णय गर्नुभएको थियो ।

चीनले अमेरिकासँग ब्यापार युद्ध नचाहे पनि आफ्नो अर्थतन्त्रमा असर परे चुप लागेर नबस्ने चेतावनी दिइसकेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ