काठमाडौ ,२० चैत्र ।गृहमन्त्री रामबहादुर थापाले पूर्वमन्त्री, सचिवलाई दिँदै आइएको सवारी चालक र सुरक्षाकर्मी फिर्ता गरेका छन् ।
गृहमन्त्री थापाले सोमबार सार्वजनिक ८२ बुँदे गृह सुधार योजनामा वैशाख मसान्तसम्ममाविशिष्ट व्यक्तिको (भिआर्इपी) सुरक्षाका लागि खटिने अनावश्यक प्रहरी र अर्दली फिर्ता गरिने बताएका छन् ।
पूर्वमन्त्री, प्रहरी र कर्मचारीको घरमा खटिएका अर्दलीलाई फिर्ता बोलाउने तयारीमा गृह मन्त्रालय छ ।
थापाले चालेको कदमबाट अहिलेसम्म ६३ सुरक्षाकर्मी फिर्ता भइसकेका छन् । फिर्ता हुनेहरुमा ५६ जना पिएसओ र सात सवारी चालक प्रहरी रहेका छन् । प्रहरी प्रवक्ता मनोज नेउपानेले अनावश्यक रूपमा नेता कहाँ रहेका प्रहरीका गाडी चालक फिर्ता हुने क्रममा रहेको बताए ।
गृह मन्त्रालयसँग कति सुरक्षाकर्मी र अर्दली भिआइपीको लागि खटाइएको रेकर्ड छैन ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline