प्रहरीको अगाडि नै नासःद्यःको मन्दिरको टुँडाल चोरी भयो

प्रहरीको अगाडि नै नासःद्यःको मन्दिरको टुँडाल चोरी भयो

  • सोमवार, चैत्र १९, २०७४
  • मिर्मिरे अनलाइन

  • 9.9K
    SHARES

चैत्र १९ सोमबार
काठमाडौं/  हालै मात्र जिर्णोद्धार सम्पन्न भइ न्यास पूजा समेत गरेको काठमाडौं बसन्तुपरस्थित, नयाँ सडकको जनसेवा प्रहरीको सामुन्ने नै रहेको नासःद्यःको मन्दिरको टुँडाल चोरी भएको छ । टुँडालसँगै सोहि मन्दिरको जिर्णोद्धार पश्चात राखिएको पितलमा कुंडिएको अभिलेखपत्र पनि चोरी भएको छ ।
काठमाडौं नयाँ सडकस्थित जुद्ध सालिकनिर निर्माणाधीन महर्जन बिजनेस एसोसिएट््सबाट जिर्णोद्धार गरिएको मन्दिरमा रहेको चारवटा टुँडालमध्ये अहिले दुइवटा टुँडाल चोरी भएको देखिएको छ । उक्त मन्दिर गत २०७२ वैसाख १५ को महाभुकम्पको १५ गतेको पराकम्पबाट क्षतिग्रस्त भएको थियो । क्षतिग्रस्त मन्दिरको महर्जन बिजनेस एशोसिएट््सले जिर्णोद्धार गरी गत चैत्र १६ गते शुक्रबारका दिन न्यास पूजा समेत सम्पन्न गरेको थियो । न्यास पूजा सम्पन्न भएको भोलिपल्ट नै जिर्णोद्धार पश्चात मन्दिरको बाहिरी भित्तामा राखिएको पित्तलको पातामा कुँडेर बनाइएको अभिलेख पत्र चोरी भएको हो । न्यास पूजाको भोलिपल्ट शनिबार बिहान १० बजेसम्म देखिएको अभिलेख पत्र १०ः३० बजे भने चोरी भइसकेको थियो । सो समयमा बसन्तपूरमा ड््यूटिमा रहेका नगर प्रहरीलाई सोधपुछ गर्दा उक्त अभिलेख निकाल्दै गरेको आफुहरुले देखेको तर त्यसमा केहि त्रुटि भएकोमा सच्याउन निकालेको भन्ने लागेर आफुहरुले वास्ता नगरेको नगर प्रहरीहरुको भनाइ रहेको महर्जन विजनेस एशोसिएट््सका कृष्णलाल महर्जनले बताउनुभयो ।
टुँडाल भने, त्यो भन्दा अगाडि नै चोरी भइसकेको महर्जनले बताउनुभयो । अभिलेख पत्र, टुँडालहरु एकैदिनमा चोरी भएको नभइ फरक फरक दिनमा एक एक गर्दै चोरी भइरहेको पनि महर्जनले जानकारी दिनुभयो । ‘पहिला त हामीले यादै गरेनौं, अभिलेखपत्र चोरी भएपछि मात्र याद भयो, पहिला खिचेका फोटोहरु हेर्दा पहिला एउटा टुँडाल नभएको देखियो भने अर्को फोटोमा दुइवटा टुँडाल नभइसकेको देखियो । अहिले आएर पित्तलको पातामा बनाइएको अभिलेखपत्र चोरी भयो । यसरी दिनहुँ एक एक गर्दै चोरी भइरहेको देख्दा यो नियोजित नै हो कि भन्ने देखिन्छ ।’ महर्जनको भनाई थियो । साथै, मन्दिरको खापामा जडान गरीएको चुकूल पनि निकालिएको र खापामा ईंट्टाले हानेको देखिएको छ । खापामा ईंट्टाले हान्दा अहिले खापा चर्किसकेको अवस्था छ । आफुले यसबारे प्रहरीमा रीपोर्ट दर्ता गरीसकेको महर्जनले बताउनुभयो ।
२०७२ बैसाख १२को महाभूकम्पको वैसाख १५ गतेको पराकम्पनबाट क्षतिग्रस्त मन्दिरलाई महर्जन विजनेस एशोसिएट््सले १५ लाख रुपैयाँको लागतमा जिर्णोद्धार गरीदिएको थियो । २०७३ मंसीरमा जिर्णाद्धार सम्पन्न भएको थियो भने २०७४ आश्विनमा नै मन्दिरको जिर्णोद्धार सम्पन्न भइसकेको थियो । जिर्णोद्धारको सम्पूर्ण कार्य सम्पन्न भएपछि गत चैत्र १६ गते यहाँ विधिवत न्यास पूजा गरीएको थियो । यस मन्दिरमा दिनहुँ भक्तजनहरु पूजा गरी दर्शन गर्नको लागी पुग्ने गरेका छन्् भने सैनिकहरु घोडसवारीको तालीम लिनु अगाडि यहाँ बलि समेत दिएर पूजा गर्ने चलन रहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ