अाफूमाथि जातीय विभेद भएको भन्दै शंकर बिसीले हाले मुद्दा, फेसबुकमा कमेन्ट गर्नेको समेत नाम 

अाफूमाथि जातीय विभेद भएको भन्दै शंकर बिसीले हाले मुद्दा, फेसबुकमा कमेन्ट गर्नेको समेत नाम 

  • सोमवार, चैत्र १९, २०७४
  • मिर्मिरे अनलाइन

  • 8.3K
    SHARES

१९ चैत्र,काठमाडौँ । कलाकार शंकर बिसीले अाफूमाथि जातीय विभेद भएको भन्दै प्रहरी सोमबार प्रहरीमा उजुरी दिएका छन् । केही संचारमाध्यम अाएको समाचारले अाफू र दलित समुदायको मानहानी भएको भन्दै कारवाहीको माग गरेका छन् ।

केही दिन पहिला केही मिडियामा अाएको समाचारलाई लिएर सामाजिक संजालमा गरिएको टिप्पणीले अाफू मात्रै नभएर दलित समुदायकै मानहानी भएकोले कारवाहीको माग निवेदनमा गरिएको छ । बिसीले दलित अगुवासँगै गएर कारवाहीको लागि निवेदन दिएका छन् ।

संचारकर्मी तथा दलित अगुवा सरु सुनारका अनुसार बिसीले टेकुस्थित महानगरिय अपराध महाशाखामा निवदेन दिएका हुन् । ‘शंकर बिसीलाई सिंगो दलित समुदायको अापमान गर्ने गरी टिप्पणी गरिएका छन्, बिसीले जातीय छुवाछुत कसुर एेन २०६८ अन्तरगत कारवाहीको लागि निवेदन दिनु भएको छ’ सरुले अनलाइन डबलीसँग भनिन् ।

मिडिया र सामाजिक संजालमा जातीय विभेद हुन गरी टिप्पणी गर्ने सात जनाविरुद्ध जाहेरी दिइएको छ । थप विवरण संकलन गर्ने काम भइरहेको सरुले जानकारी दिएकी छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ