नेकपाले गर्याे थबाङमा प्रहरीको घेराभित्र जनपरिषद घोषणा

नेकपाले गर्याे थबाङमा प्रहरीको घेराभित्र जनपरिषद घोषणा

  • आइतवार, चैत्र १८, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.5K
    SHARES

१८ चैत्र,रोल्पा ।
रोल्पाको थबाङमा नेपाल कम्युनिस्ट पार्टीले तेस्रो जनसत्ता घोषणा गर्न लागेको कार्यक्रम रोक्न लागि सुरक्षाकर्मी परिचालन गरेपनि जनसत्ता गठन गरिएको छ ।
शनिबार बिहानै नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई थबाङमा परिचालन गरिएको हो । समानान्तर सरकार घोषणा गर्न नदिने राज्यको नीतिअनुसार प्रहरी परिचालन गरिए पनि नेकपाले थबाङमा जनसत्ता घोषणा गरिएको रोल्पा जिल्लाका निमित्त प्रमुख जिल्ला अधिकारी चुडामणी गौतमले जानकारी दिएका छन् । नेकपाको पकड बलियो रहेको मानिने थबाङमा एकाबिहानै ठूलो संख्यामा प्रहरी परिचालन भएपछि स्थानीयहरु आतंकित भएका छन् ।
तत्कालिन माओवादी युद्धको झल्को दिने गरी बिहान उज्यालो नहुदै प्रहरीको हुल गाउँपसे पनि स्थानीयहरुको सहभागीतामा विश्वले नेतृत्व गरेको जनपरिषद, नेपाल, रोल्पा घोषणा गरिएको हाम्रा संवाददाता रोल्पाले जानकारी दिएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ