रसुवागढी र साञ्जेन जलविद्युत् आयोजनाको शेयर बाँडफाँड

रसुवागढी र साञ्जेन जलविद्युत् आयोजनाको शेयर बाँडफाँड

  • आइतवार, चैत्र १८, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.8K
    SHARES

 

काठमाडौँ, १८ चैत।

रसुवागढी जलविद्युत् कम्पनी र साञ्जेन जलविद्युत् कम्पनीको सिमित साधारण शेयर(आइपिओ)को आज बाँडफाँड भएको छ ।

दुवै आयोजनाका प्रमुख तथा बिक्री प्रबन्धकको उपस्थितिमा आज शेयर बाँडफाँड गरिएको हो । कर्मचारी सञ्चय कोषका सञ्चयकर्ता र संस्थापक कम्पनीका लगानीकर्तालाई संयुक्त रुपमा आजै शेयर बाँडफाँड गरिएको हो ।

रसुवागढीले सञ्चयकर्तालाई खुला गरेको एक करोड ३३ लाख ४२ हजार ९५ कित्ता शेयरमा एक लाख ८७ हजार ८७८ जनाको आवेदन स्वीकृत भएको छ भने एक हजार ८५ जनाको आवेदन रद्द भएको छ ।

स्वीकृत आवेदकमध्ये ५० देखि ७० कित्तासम्म शेयर माग गर्ने सबैलाई मागअनुसार शेयर दिइएको रसुवागढीका प्रमुख माधव कोइरालाले जानकारी दिनुभयो । यसरी बाँडफाँट गर्दा बाँकी रहेको छ लाख ८० हजार १८५ कित्ता शेयर गोलाप्रथाबाट ८० कित्ता वा बढी माग गर्नेलाई १० कित्ता थप गरिएको छ । त्यसो गर्दा पनि बाँकी रहेका थप पाँच जना लगानीकर्तालाई पुनः गोलाप्रथाबाटै थप एक÷एक कित्ता शेयर प्रदान गरिएको छ ।

सान्जेन जलविद्युत् कम्पनीले सञ्चयकर्ताका लागि बिक्री गरेको ७१ लाख १७ हजार ५०० कित्ता शेयरमा कुल एक लाख ८५ हजार ३५ जना सञ्चयकर्ताको आवेदन स्वीकृत भएको बिक्री प्रबन्धक नागरिक लगानी कोषले जानकारी दिएको छ ।

आवेदनकर्ता सबैलाई ३० कित्ताको दरले शेयर दिइएको छ । यसरी शेयर शेयर दिँदा पनि १५ लाख ६६ हजार कित्ता ४५० कित्ता बाँकी रहन्छ । यो बाँकी रहेको शेयर फेरि गोलाप्रथाबाट बाँडफाँड गरी एक लाख ५६ हजार ६४५ जनालाई १० कित्ता शेयर थप गरिएको छ ।

यसैगरी, सान्जेनको संस्थापक शेयर धारण गर्ने कम्पनीका कर्मचारीलाई निष्कासन गरिएको १२ लाख ७७ हजार ५०० कित्ता शेयरको पनि बाँडफाँट गरिएको छ । यसमा ५० देखि १४० कित्तासम्म माग गर्ने सबैलाई मागअनुसार नै शेयर वितरण गरिएको छ ।

यसैगरी, १५० देखि ३०० कित्तासम्म माग गर्नेलाई पनि १४० कित्ता शेयर वितरण गरिएको आयोजनाले जनाएको छ । यसरी शेयर बाँडफाँड गर्दा बाँकी रहेको २७ हजार ४६० कित्ता शेयर भने गोलाप्रथामार्फत वितरण गरिएको छ ।

रसुवागढी र साञ्जेन जलविद्युत् कम्पनीले गत फागुन ११ गतेदेखि ३० गतेसम्म सञ्चयकर्तालाई शेयर बिक्री गरेको थियो भने यही चैत ५ गतेदेखि १३ गतेसम्म संस्थापक लगानीकर्ता समूहअन्तर्गत रहेका लगानीकर्तालाई शेयर विक्री गरिएको थियो ।

संस्थापक लगानीकर्तामा नेपाल विद्युत् प्राधिकरण, चिलिमे जलविद्युत् कम्पनी, रसुवाका साविक जिल्ला विकास समिति र गाउँ विकास समिति र सञ्चयकोषका कर्मचारीले आवेदन दिएका थिए ।

रसुवामा निर्माणाधीन दुवै आयोजनाको औसतमा ६५ प्रतिशत निर्माण सकिएको छ । सन् २०१८ को डिसेम्बरमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको ती आयोजनाले सञ्चयकर्ता र संस्थागत लगानीकर्ता समूहमा रहेका शेयर लगानीकर्तालाई पहिलो चरणमा शेयर बिक्री गरेको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी