ललितपुर , १७ चैत ।
नेपाल कम्युनिष्ट पार्टी निकट दलित मुक्ति मोर्चा नेपाल ललितपुरको पाँचौ जिल्ला सम्मेलन सम्पन्न भएको छ ।
नेकपाका केन्द्रिय सदस्य तथा दलित मुक्ति मोर्चा नेपालका केन्द्रिय अध्यक्ष डम्बर बि. क. को अध्यक्षतामा सम्पन्न सम्मेलनले विक्रम नेपालीको अध्यक्षतामा १९ सदस्यीय जिल्ला कमिटि गठन गरेको छ ।
उपाध्यक्षमा राजकुमार परियार , सचिवमा राजेश विश्कर्मा , सह सचिव राजेश मग्राती , कोशाध्यक्षमा नरेन्द्र नेपाली चयन भएका छन् ।
आज आयोजित सम्मेलनको उद्घाटन गर्दै नेकपाका केन्द्रिय सदस्य तथा ललितपुर जिल्ला ईन्चार्ज हितमानले पार्टीले सुरु गरेको एकिकृत जनक्रान्तिभित्र वर्गिय मुक्ति आन्दोलन सँगै दलित मुक्ति आन्दोलनलाई पनि सँगै लैजाने भन्दै सोहि अुरुप अघि बढ्न कार्यकर्तालाई निर्देशन दिनुभयो ।
नयाँ जिल्ला समितिलाई बधाई दिदै दलित मुक्ति मोर्चाका अध्यक्ष बि.क.ले दलित मुक्ति आन्दोलनलाई अझ शशक्त बनाएर लैजानुपर्नेमा जोड दिनुभयो ।


