बालिका ‘अपहरण’ गरेर भाग्ने युवको भीरबाट खसेर मृत्यु

बालिका ‘अपहरण’ गरेर भाग्ने युवको भीरबाट खसेर मृत्यु

  • शनिबार, चैत्र १७, २०७४
  • मिर्मिरे अनलाइन

  • 9.9K
    SHARES

पर्वत, चैत १७ । पर्वतको सदरमुकाम कुस्माबजारमा एक अढाइ वर्षीया बालिकालाई ‘अपहरण’ गरेर भागेका एक युवकको आज दिउँसो भीरबाट लडेर मृत्यु भएको छ ।

कुश्मा–४, चाक्लेडिलनजिकै बस्दै आएकी निशा परियारकी साढे दुई वर्षीया छोरी सुहानी परियारलाई लिएर भाग्दै गरेका उनको कुस्मा नगरपालिका वडा नम्बर–४, चाक्लेडिलको भीरबाट खसेर मृत्यु भएको हो ।

मृतकको सनाखत हुन सकेको छैन ।

एक अपरिचित व्यक्तिले बालिका लैजाँदै गरेको देखेपछि स्थानीयबासिले होहल्ला गर्दा बालिका छाडेर भाग्नेक्रममा भीरबाट खसेका उृनको मृत अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ ।

मृतकको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल पर्वतमा राखिएका जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक दीपक थापाले जानकारी दिए ।

घटनाबारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक दीपक थापाले बताउनु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ