जीवित देवताको गोप्य भविष्यवाणी हुँदै……

जीवित देवताको गोप्य भविष्यवाणी हुँदै……

  • शनिबार, चैत्र १७, २०७४
  • मिर्मिरे अनलाइन

  • 8.9K
    SHARES

 

नुवाकोट, १७ चैत। नुवाकोटमा अहिले ‘सिन्दूरे जात्रा’को रौनक छाएको छ । 

जीवित देवता तथा भैरवीदेवी मन्दिरका पुजारी(धामी) हरिमानसिंह डंगोल र उहाँकी जीवनसंगिनी (धमिनी)लाई पुज्ने र मुलुकमा आगामी वर्षमा के हुन्छ भनी गोप्य भविष्यवाणी गर्ने धार्मिक एवं सांस्कृतिक परम्परानुसार शुक्रबारदेखि जात्रा शुरु भएको हो । स्थानीयवासीको सहयोगमा नेपाली सेना श्रीनाथ गण देवीघाटले शुक्रबार राति बूढीदेवीको स्थल र भैरवीदेवी मन्दिर परिसरमा लिंगो उठाएको छ । ‘भैरवी वर्षबन्धन’ अन्तर्गत लिंगो उठाइएसँगै विदुर नगरपालिका–२ मा अवस्थित भैरवीदेवी मन्दिरको रथसहित धामी, धमिनीलगायतको टोली आज अपराह्न विदुर–५ देवीघाटस्थित जालपादेवी मन्दिरमा प्रस्थान गर्ने नुवाकोट दरबार मौला अमालका द्वारे महेन्द्रकुमार शाहीले जानकारी दिनुभयो ।

“भैरवीदेवी मन्दिर र देवीघाटमा रहेको जालपादेवी मन्दिरलाई दिदीबहिनीबीचको सम्बन्धका रुपमा हरेक वर्ष यो अवसरमा भेट गराइन्छ”, शाहीले भन्नुभयो “जीवित देवताका रुपमा पुजिने धामीले आगामी वर्ष राष्ट्रमा के हुन्छ भन्ने गोप्य भविष्यवाणी गर्ने र त्यो राष्ट्रप्रमुखसमक्ष पठाइने भएकाले यसको राष्ट्रिय महत्व छ ।”

फागुपूर्णिमादेखि शुरु भएर वैशाख शुक्ल दशमीसम्म विभिन्न धार्मिक परम्पराका साथ मनाइने सो जात्रा नुवाकोटको सबैभन्दा लामो मानिन्छ । यस वर्ष सिन्दूरे जात्राको मुख्य रौनक आज साँझ धामी हरिमानसिंह डंगोल र धमिनी ज्ञानुदेवी देवीघाटतर्फ प्रस्थान गरेपछि शुरु भई आइतबार धामी देवीघाटमा रहुञ्जेल र सोमबार नुवाकोटको देवीस्थानसम्म रहनेछ ।

सोमबार भैरवीदेवी मन्दिर परिसरस्थित महिषासूरमर्दिनी मन्दिर अगाडि सिन्दूर खेलिसकेपछि पनि विभिन्न पूजाविधि कायम रहँदै थप एक सातासम्म जात्राको विभिन्न चरण कायम रहने छ । यस वर्षको सिन्दूरे जात्रा यही चैत २७ गतेसम्म चल्ने छ ।-तस्वीर : रामहरि न्यौपाने

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ