प्रदेश प्रमुख कायस्थले रोके भारतीय राष्ट्रिय गान !

प्रदेश प्रमुख कायस्थले रोके भारतीय राष्ट्रिय गान !

  • शनिबार, चैत्र १७, २०७४
  • मिर्मिरे अनलाइन

  • 11K
    SHARES

राजविराज,१७ चैत ।
प्रदेश नम्बर २ का प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले सप्तरीको राजविराजमा आयोजित एक सार्वजनिक समारोहमा भारतीय राष्ट्रिय गानमा रोक लगाउनु भएके छ ।

कायस्थ जातिको जातिय समिति चित्रगुप्त सेवा समितिको स्वर्ण महोत्सवमा भारतीय राष्ट्रिय गानमा रोक लगाईएको हो । कार्यक्रममा नेपाल र भारतका कायस्थ जातिका अगुवाहरुको सहभागिता रहेको छ ।

कार्यक्रमको सूचीमा नेपाली र भारतीय दुबै देशको राष्ट्रिय गानको कार्यक्रम राखिएपछि प्रदेश प्रमुख कायस्थले असन्तुष्टी जनाएको उहाँ निकट स्रोतले बतायो ।

आयोजक संस्था चित्रगुप्त सेवा समितिका महासचिव सतिषकुमार दत्तले प्रदेश प्रमुखकै आग्रहमा कार्यक्रम सूचीबाट भारतीय राष्ट्रिय गान हटाईएको जानकारी दिनुभयो ।

प्रदेश प्रमुख कायस्थका प्रमुख स्वकिय सचिव मो युसुफले आफूले नै आयोजकलाई भारतीय राष्ट्रिय गान कार्यक्रममा नराख्न आग्रह गरेको बताउनुभयो ।

संवैधानिक अंगका ब्यक्ति मञ्चमा रहँदा भारतीय राष्ट्रिय गान गाउनु उचित नहुने भएकाले प्रदेश प्रमुख उपस्थित रहेको कार्यक्रममा भारतीय राष्ट्रिय गान नराख्न आयोजकलाई आग्रह गरेको उहाँले बताउनुभयो । सो आग्रह पछि आयोजकले कार्यक्रममा नेपाली राष्ट्रिय गानको कार्यक्रम मात्र राखेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ