काँग्रेस नेता स्व खड्काको पार्थिव शरीर आज राति काठमाडौँ ल्याइँदै

काँग्रेस नेता स्व खड्काको पार्थिव शरीर आज राति काठमाडौँ ल्याइँदै

  • शनिबार, चैत्र १७, २०७४
  • मिर्मिरे अनलाइन

  • 9.1K
    SHARES

काठमाडौ १७ चैत्र ।
भारतको एपोलो अस्पतालमा उपचारका क्रममा निधन हुनुभएका नेपाली काँग्रेसका नेता खुमबहादुर खड्काको पार्थिव शरीर आज राति काठमाडौँ ल्याइने भएको छ ।

खड्काको पार्थिव शरीर राति साढे १० बजे नयाँदिल्लीबाट काठमाडौँ आइपुग्ने नेपाली काँग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार खड्काको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलिका लागि भोली बिहान ९ बजे देखि दिउँसो १ बजेसम्म सानेपास्थित काँग्रेस केन्द्रीय कार्यालयमा राखिनेछ ।
त्यसपछि पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने बताईएको छ । मिर्गौला र छातीको संक्रमणबाट केही वर्षदेखि पीडित ६७ वर्षीय खड्काको शुक्रबार साँझ निधन भएको थियो ।

नेता खड्काको निधनका कारण कांग्रेसले तीन दिनसम्म कुनैपनि औपचारिक कार्यक्रम नगर्ने निर्णय गरेको छ । भोली बस्ने भनिएको केन्द्रीय कार्यसमितिको बैठक पनि स्थगित गरिएको प्रवक्ता विश्वप्रकाश शर्माले बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ