उपत्यकावासीको घरमा बैशाखमा पनि मेलम्चीको पानी नआउने निश्चित !

उपत्यकावासीको घरमा बैशाखमा पनि मेलम्चीको पानी नआउने निश्चित !

  • शनिबार, चैत्र १७, २०७४
  • मिर्मिरे अनलाइन

  • 11.2K
    SHARES

काठमाडौं ,चैत्र १७ ।

उपत्यकावासीले आगामी वैशाख १ गते भित्र पनि मेलम्चीको पानी पिउन नपाउने भएक छन् ।

तोकिएकै समयमा सुरुङ खन्ने कार्य सकिएपनि फिनिसिङको काम र पाइपलाइन विस्तार पूरा नभएकाले उपत्यका पानी आइपुग्न अझै ३ देखि ४ महिना लाग्ने मेलम्ची खानेपानी विकास समितिका सिनियर डिभिजन इञ्जिनियर एवं सूचना अधिकारी राजेन्द्र पन्त जानकारी दिनुभयो ।

बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजना अन्तर्गतको २७ दशमलब ५ किलोमिटरमध्ये अब ७५ मिटरमात्र सुरुङ खन्ने काम बाँकी छ । तोकिएकै मितिमा सुरुङ खनेर सकिएपनि पानी उपत्यकाबासीको घरघरमा पुर्याउन नसकिने उहाँले प्रष्ठ्याउनु भयो ।

साढे २७ किलोमिटर सुरुङमध्ये केही भागमा फिनिसिङको काम सुरु भएपनि कमजोर चट्टान भएको स्थानमा सुरुङ खन्नै समय लागेको र कामदारको हड्ताल तथा ठेकेदार कम्पनीको ढिलाईले आयोजना भनेकै समयमा सम्पन्न गर्न नसकेको पन्तले बताउनुभयो ।

सुरुङ निर्माण मात्रै सम्पन्न भएर उपत्यकामा पानी नआउने बताउँदै उहाँले सुरुङ निर्माण पछिको काममा समय लाग्ने भएकाले वैशाखभित्रै पानी आउने सम्भावना नभएको बताउनुभयो ।

खानेपानी मन्त्री बीना मगरले मन्त्रालय सम्हाले लगत्तै आयोजनाको स्थलगत भ्रमण गर्दै आगामी दशैं अगावै काठमाडौंमा मेलम्चीको खानेपानी र्पुयाउने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो ।

सुरुङ खन्ने काम गरिरहेको इटलीको सिएसी कम्पनीले कार्यरत स्वदेशी र विदेशी कामदारलाई ३ महिनाको तलब नदिँदा उत्पन्न विवादले पनि सुरुङ निर्माणको काम प्रभावित भएको आयोजनाका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र देवकोटाले बताउनु भयो ।

यद्यपी सो समस्या तत्कालका लागि टरेकोले हाल दैनिक २ सिफ्ट गरी ८ मिटरसम्म सुरुङ खन्ने काम भईरहेको उहाँको भनाई छ ।

यस हिसाबले पनि अबको २ साताभित्र सुरुङ खन्ने काम सम्पन्न भएपनि फिनिसिङको काम भने सम्पन्न नहुने भएकाले वैशाखभित्रै खानेपानी वितरणको काम नहुने भएको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी