हस्पिटलको बेडबाट सहयोगको अपिल गर्दैगर्दा प्राण त्यागेकी कृष्टिनाको मृत्यु पछि आयो ७ लाख रकम

हस्पिटलको बेडबाट सहयोगको अपिल गर्दैगर्दा प्राण त्यागेकी कृष्टिनाको मृत्यु पछि आयो ७ लाख रकम

  • शनिबार, चैत्र १७, २०७४
  • मिर्मिरे अनलाइन

  • 11K
    SHARES

काठमाण्डौ ।

ओखलढुंगाको लिखु गाउँपालिका वडा नम्बर ४ की स्व. कृष्टिना सुनुवारले आफ्नो उपचारका लागी हस्पिटलकै बेडबाट धेरैपटक याचना गरिन । केहि सहयोगि हातहरुले उनको याचना सुनेर सहयोग पनि गरे र केहिले क्याम्पियन नै चलाएर सहयोग उठाए ।

तर अन्तत उनले ४ वर्षकै उमेरमा गत १८ फागुनमा प्राण त्यागिन । कृष्टिनाको उपचारका लागि धेरैतिर सहयोग रकम संकलन भईरहेको थियो तर यो दुखद घटनापछि त्यो सबै कार्य बन्द हुन पुग्यो ।

तर उनको सहयोगका लागी रकम संकलनमा जुटेको खुशी राईको समुहले भने विभिन्न देशबाट आएको सात लाख रकम मध्ये सात लाख परिवारलाई दिएको छ ।
जम्मा रु. सात लाख ८ हजार २३० जम्मा भएको राईले बताए ।
सो रकम कृष्टिनाकी दिदीहरू तास्ना रुपाचा र तृष्णा रुपाचाको नाममा राष्ट्रिय बाणिज्य बैंक, खाता नम्बर ११४०००००९३०५ मा रु. तीन लाख ५४ हजार एक सय १५ जम्मा र ११४०००००९४०५ मा पनि रु. तीन लाख ५४ हजार एक सय १५ जम्मा गरिदिएको उनले बताए ।

उनका अनुसार चित्रा नेम्बाङ युके देब भट्टराई दृुबईबाट रु. तीन लाख २७ हजार ३१०, यशोदा राई अमेरिका रु. ६३ हजार ७२१, शान्ती गुरुङ सिंगापुर रु. २९ हजार ६५२, सन्चमान राई भुटनीज समाज पेन्सिल्वेनिया अमेरिका रु. दुई लाख दुई हजार ६८०, युएस गुरुङ अमेरिका रु. ३२ हजार २४४ र नेपाल, कतार, बहराई लगायतका देशबाट उठेको रु. ५२ हजार ७२३ संकलन भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ