गोरु काटेको आरोपमा ६ जना पक्राउ

गोरु काटेको आरोपमा ६ जना पक्राउ

  • शनिबार, चैत्र १७, २०७४
  • मिर्मिरे अनलाइन

  • 12.4K
    SHARES

काठमाडौ १७ चैत्र ।
पाँचथरमा गोरु काटेको आरोपमा ६ जनालाई पक्राउ गरिएको छ । रातीको समयमा गोरु काटेको भन्ने खबर पाएपछि गएको प्रहरी टोलीले ६ जनालाई नियन्त्रणमा लिएको हो ।

पाँचथरको फिदिम नगरपालिका–४ मा स्थानीय देउकुमार तामाङको घरमा गोरु काटिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालयबाट गएको प्रहरी टोलीले राती १० बजे उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा फिदिम नगरपालिका–४ सालघारीका ३४ वर्षीय देउकुमार तामाङ, ३३ वर्षीय सन्तबहादुर तामाङ, ५१ वर्षीय विर्खबहादुर तामाङ, २६ वर्षीय सुजन तामाङ, २८ वर्षीय राजकुमार राई र स्याङजा घर भई अहिले फिदिम–९ लुम्फाबुङ बस्ने ३७ वर्षीय सुशिल विश्वकर्मा रहेका छन् ।

पक्राउ परेका सबैलाई जिल्ला प्रहरी कर्यालय पाँचथरमा राखिएको प्रदेश प्रहरी कार्यलय विराटनगरले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ