होसियार ! अमेरिका जान चाहनेको सामाजिक सञ्जाल निगरानीमा राखिने, यस्तो छ फारम

होसियार ! अमेरिका जान चाहनेको सामाजिक सञ्जाल निगरानीमा राखिने, यस्तो छ फारम

  • शनिबार, चैत्र १७, २०७४
  • मिर्मिरे अनलाइन

  • 7K
    SHARES

एजेन्सी , १७ चैत ।
अमेरिका जान चाहनेले अबदेखि प्रवेशाज्ञा भिषा फर्म भर्दा आफ्नो सामाजिक सञ्जाल बारे समेत जानकारी दिनुपर्ने भएको छ ।

भिषा फारममा आफुले गत ५ वर्ष देखि प्रयोग गर्दै आएको फेसबुक र ट्विटर एकाउण्ट खुलाउनुपर्ने अमेरिकी प्रशासनले जनाएको छ । प्रस्तावित फारमको ढाँचाले १ करोड ४७ लाख व्यक्तिलाई असर पुग्न देखिएको छ ।

आप्रवासी र भ्रमण भिषाका लागि आवेदन दिने उम्मेदवारको सहज पहिचानका लागि सामाजिक सञ्जालको प्रयोग गरिने अमेरिकी प्रशासनले बताएको छ ।

सामाजिक सञ्जालको जानकारी सहित टेलिफोन नम्बर, इमेल ठेगाना, भ्रमण इतिहास पनि दिनुपर्नेछ । कुनै देशबाट निकाला भएको वा परिवारका सदस्य आतंकवादमा संलग्न रहेको बारे पनि फारममा प्रश्न गरिने छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ