धुर्मुसलाई प्रधानमन्त्रीले यसो भनेपछि…

धुर्मुसलाई प्रधानमन्त्रीले यसो भनेपछि…

  • शनिबार, चैत्र १७, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.8K
    SHARES

हास्य कलाकार सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट गरेका छन् ।
क्रिकेट रंगशाला निर्माण गर्ने अभियानमा जुटेका धुर्मुस–सुन्तलीसँग प्रधानमन्त्री ओलीले शुक्रबार साँझ बालुवाटारमा झण्डै एक घन्टा कुराकानी गरेका हुन् ।
धुर्मुसले भने ‘प्रधानमन्त्रीले अघि बढ्नुस्, सरकार तपाईहरुको साथमा छ भन्नु भएको छ, । भेटमा प्रधानमन्त्रीले ‘नमुना नेपाल’ निर्माण अभियानबारे समेत चासो राखेका थिए । जवाफमा धुर्मुस–सुन्तलीले रंगशाला निर्माणका लागि दबाव आएको र त्यसअनुसार अघि बढ्न चाहेको बताए ।

धुर्मुसका अनुसार प्रधानमन्त्री ओलीले सरकारी निकायहरुसँग समन्वय गरेर अघि बढ्न आग्रह गरेका छन् । धुर्मुसले बिहीबार अब क्रिकेट रंगशाला निर्माणमा जुट्ने घोषणा गरेका थिए, जसलाई नेपाली टोलीका कप्तान पारस खड्काले स्वागत गरेका छन् ।

कहाँ रंगशाला बनाउने भन्ने तय भएको छैन । यसबारे निर्णय भएपछि जग्गाका लागि सरकार लगायतसँग छलफल गर्ने उनको योजना छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ