लिफ्ट दिने बहानामा १६ वर्षीया किशोरीको सामूहिक बलात्कार

लिफ्ट दिने बहानामा १६ वर्षीया किशोरीको सामूहिक बलात्कार

  • शुक्रबार, चैत्र १६, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.2K
    SHARES

१६ चैत, काठमाडौं । लिफ्ट दिने बहानामा पर्वतको छमर्केमा मेला भर्न गएकी १६ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार भएकाे छ ।

लिफ्ट दिने भन्दै होटलमा पुर्‍याएको र मदिरा पिलाएर बलात्कार गरेको प्रहरीको अनुसन्धानले देखाएको छ । किशोरीले भागेर प्रहरीलाई खबर गरेपछि घटनामा संलग्न ३ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा कुश्मा-१, सहस्रधाराका २३ वर्षीय शिशिर क्षेत्री, कुश्मा-५, वडागाउका १७ का सौगात शर्मा पौडेल र कुश्मा-५ कै मेलमिलाप चोकका सुजल श्रेष्ठ छन् ।

बलात्कारको घटनाबारे खबर नगरेको आरोपमा होटल सञ्चालक वाग्लुङ-१२, वलेवा अमलाचौरका ३८ वर्षीय शेरबहादुर हमाललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बिहीबार राति पीडित युवतीसँगै उनका साथी बाग्लुङ मेलामा सहभागी भएर पर्वत फर्किन गाडी कुरिरहेकाे बेला दुई वटा मोटरसाइकल अाएका युवाले लिफ्ट दिन्छौं भन्दै नगरपालिका-४, छमर्केमा ‘न्यू सेवा गेष्ट हाउसमा  लगेर अर्काे साथीलाइ समेत बाेलाइ बलात्कार गरेकाे अनुसन्धानबाट खुलेकाे घटनाको अनुसन्धानमा संलग्न प्रहरी निरीक्षक दिपक थापाले बताउनु भयाे ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ