कुटपिट पछि वडाध्यक्ष तिर्थराज तिम्सिनाको निधन !

कुटपिट पछि वडाध्यक्ष तिर्थराज तिम्सिनाको निधन !

  • शुक्रबार, चैत्र १६, २०७४
  • मिर्मिरे अनलाइन

  • 8.9K
    SHARES

फिदिम ,१६ चैत । पाँचथरको हिलिहाङ गाँउ पालिका वडा नम्वर ७ का वडाध्यक्ष तिर्थराज तिम्सिनाको शुक्रवार निधन भएको छ ।

लामो समय शिक्षण पेशा पश्चात वडाध्यक्षमा निर्वाचित तिम्सिनाको उपचारका लागि झापा लैजाने क्रममा निधन भएको हो ।

तिम्सिनाले विहिवार मात्रै हिलिहाङ ७ कै भिम योक्पाङदेन र उनका छोरा सुवाष योक्पाङदेनले कुटपिट गरेको भन्दै जिल्ला प्रहरी कार्यालय पाँचथरमा जाहेरी दिनुभयेको थियो ।

आफुलाई सार्वजनिक स्थलमा छातीमा समातेर पछार्दै कुटपिट गर्नुका साथै अपशव्द प्रयोग गरेर गाली गरेको भनी जाहेरी दिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी विज्ञान बस्नेतले जानकारी दिनुभयो ।

तिम्सिनाले योक्पाङदेन बाबुछोराले बिहिवार कुटपिट गरेको बताँउनुभएको थियो । जाहेरी दिएर घर फिरेका तिम्सिनालाई शुक्रवार अप्ठेरो महशुष भएपछि उपचारका लागि लैजाँदै गर्दा इलामको नेपालटार पुगेपछि निधन भएको परिवारिक स्रोतले जनाएको छ ।

उहाँलाई कुटपिट गर्ने बिरुद्ध केहि सार्वजनिक अपराध ऐन अन्तरगत मुद्धा दर्ता भएपनि आरोपीहरु पक्राउ परेका छैनन । तिम्सिनाको शव अहिले पोष्टमार्टमका लागि जिल्ला अस्पताल पाँचथर ल्याइएको छ ।

कुटपिटकै कारण निधन भएको हो वा होइन भन्ने विषयमा निक्र्यौल गर्न भने पोष्टमार्टम रिर्पोटको प्रतिक्षा गर्नुपर्ने प्रहरीले जनाएको छ । धनकुटा खबर

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ