कान्छी श्रीमतीलाई खुशी बनाउन बुबाले अाफ्नै छोरीको गरे हत्या

कान्छी श्रीमतीलाई खुशी बनाउन बुबाले अाफ्नै छोरीको गरे हत्या

  • शुक्रबार, चैत्र १६, २०७४
  • मिर्मिरे अनलाइन

  • 8.8K
    SHARES

१६ चैत,पर्सा । कान्छी श्रीमतीलाई खुशी बनाउन बुबाले अाफ्नै छोरीको गरेका छन् । सौतेनी अामा र बुबा मिलेर एक १६ वर्षीय नेहाकुमारीको हत्या गरेको खुलासा भएको छ ।

पर्सा प्रहरीले छोरीको हत्या गरेको आरोपमा वीरगन्ज महानगरपालिका-१५ भिस्वाका सत्यनारायण वर्णवाल र उनकी कान्छी पत्नी गीता कुमारीलाई पक्राउ गरेपछि रहस्य खुलेको हो ।

प्रहरीका अनुसार नेहालाई सौतेनी अामा गीता र बुबा सत्यनारायण मिलेर फागुन १३ गते हत्या गरेका थिए । उनीहरुले नेहाको हत्या गरेर कसैलाई जानकारी नै नदिएर इ रिक्सामा शव राखेर वीरगन्जको रानीघाटस्थित शम्सानघाटमा पुर्याएर जलाउन लगाएका थिए । नेहालाई गाउँ घरमा नदेखेपछि छरछिमेकले सोधखोज गरेका थिए ।

नेहाकी सौतेनी अामाले सधैं कचकच गरिरहने भएका कारण स्थानीयले शंका लागेर सोध्दा गीताले छोरी फुपूको घर भएको बताउँदै अाएकी थिइन् । शंकाकै अाधारमा स्थानीयले प्रहरीलाई खबर  गरेका थिए । सत्यनारायण र गीतालाई पक्राउ गरेर प्रहरीले सोधपुछ गर्दा हत्या गरेको स्वीकार गरेका थिए ।

जिल्ला प्रहरी पर्साले थप अनुसन्धानको लागि सत्यनारायण र गीतलाई हिरासतमा राखेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ