सम्पदा मैत्री नेपालकै पहिलो ब्यापारीक भवन बन्दै

सम्पदा मैत्री नेपालकै पहिलो ब्यापारीक भवन बन्दै

  • शुक्रबार, चैत्र १६, २०७४
  • मिर्मिरे अनलाइन

  • 10K
    SHARES

 

काठमाडौं, चैत १६ गते । न्यूरोडस्थित नेपालकै पहिलो सम्पदा युक्त ब्यापारिक भवन भन्ने भएको छ ।’ महर्जन कम्प्लेक्स ‘ नाममा बन्ने यो भवनले बिश्वो सम्पदामा सूचीकृत बसन्तपुर हनुमान ढोका दरवार क्षेत्रको मौलिक स्वरुपलाई अझै नयाँ आकर्षण थप्दै गद्दी बैठकसंग मिल्ने गरि NEO -CLASSICAL शैलीमा हुने महर्जन बिजनेस एसोसियेट प्रा लि का संचालक कृष्ण लाल महर्जन बताउनु भएको छ । नया बन्ने भवनलाई संयुक्त राष्ट्र शैक्षिक, वैज्ञानिक एवं सांस्कृतिक संगठन (United Nations Educational Scientific and Cultural Organization)’ समेत प्रसंसा गरेको छ ।

यो संगै बसन्तपुर दरबार क्षेत्र मा जिर्णाेद्धार गरेको नासः द्यः (नाट््येश्वर) मन्दिर बिहीबारदेखि पुनः खुल्ला गरिएको छ ।

महाभूकम्पमा परी क्षतिपुगेको सार्वजनिक मन्दिरलाई आफ्नै निजि खर्च १५ लाखको लागतमा पूरातत्व विभागको स्विकृतिमा मौलिक नेपाली शैलीमा जिर्णाेद्धार गरिएको हो । मन्दिरका भित्ताहरु पनि भूकम्प प्रतिरोधात्मक बनाइएको छ भने ऐतिहासिक मूर्तिलाई संरक्षण गर्न नेवारी शैलीमा कलात्मक ढोकाहरु पनि राखिएका छन्् ।

नया बन्ने व्यापारिक भवनमा ६० वटा पसलहरु रहने र १ हजारभन्दा धेरैलाई रोजगार दिनुका साथै आर्थिक हिसाबले देशकै अर्थतन्त्रमा महत्वो पूर्ण योगदान पुग्न सक्ने महर्जनले बताउनु भयो ।
निजी कुमारीको मूर्ति भवन भित्र रहेको र मापदण्ड विपरित भवन निर्माण गरेको भन्दै केही ब्यक्तिहरुले दुःख दिएको दुखेसो जिर्णाेद्धार गर्नुभएका ब्यक्ति कृष्णलाल महर्जनले पोख्नुभयो ।

मापदण्डमा रहेको भवनमा आर्थिक रुपमा फाइदा उठाउन चाहने केही ब्यक्तिहरुले सरकारी कामकार्वाहीमा वाधा पु¥याए पनि नासः द्यःको कृपाले आफ््नै पक्षमा आएको खुसीमा नासः द्यःको पूजा गरेको बताउनुभयो ।

करिब १५ लाख रुपियाँको लागतमा जिर्णाेद्धार गरिएको उक्त मन्दिरसँगै रहेको ब्यापारिक प्रयोजनको लागि निर्माण गरिएको महर्जन बिजनेस एसोसिएट््सका पसलहरु बुकिङ््ग चाँडै खुल्ला गरिने सञ्चालक महर्जनले जानकारी दिनुभयो ।

युनेस्कोबाट पनि स्विकृति पाएको मौलिक आकारको भवनमा करिब ६० वटा पसल रहनेछ । महर्जन विजनेस एसोसिएट््सले आफ््नौ मौलिक भवन सार्वजनिक पनि गरेको छ ।

मन्दिर खुल्ला कार्यक्रमपछि आयोजित प्रसाद ग्रहण कार्यक्रममा सांसदद्वय कृष्णगोपाल श्रेष्ठ, जीवनराम श्रेष्ठ, काठमाडांै महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य, विभिन्न वडाका वडाध्यक्षहरु, विभिन्न संघसंस्थाका प्रमुखहरुको उपस्थिति रहेको थियो । विहान पूजा सम्पन्न भएपछि दिउँसो साढे ४ बजेदेखि सातबजेसम्म करिब पन्ध्रसय शुभेच्छुक र दर्शनार्थीहरुले प्रसाद ग्रहण गर्न भएको बताइएको छ ।

महर्जन विजनेस एसोसियट््सले सार्वजनिक गरेको नयाँ भवनले समाजमा केही ब्यक्तिहरुले फैलाएको कुप्रचारबारे स्पष्ट भएको प्रसाद ग्रहणमा पुग्नुभएका लाजिम्पाटका नरेशकाजी शाक्यले प्रतिक्रिया दिनुभयो ।

उपेश महर्जन

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ