ओलीले दिल्ली भ्रमणमा मोदीसँग संविधान संशोधनका लागि तयार पारे १५ बुँदे ड्राफ्ट: अर्को राष्ट्रघात हुने खतरा !

ओलीले दिल्ली भ्रमणमा मोदीसँग संविधान संशोधनका लागि तयार पारे १५ बुँदे ड्राफ्ट: अर्को राष्ट्रघात हुने खतरा !

  • शुक्रबार, चैत्र १६, २०७४
  • मिर्मिरे अनलाइन

  • 8.3K
    SHARES

काठमाण्डौ , १६ चैत । अासन्न दिल्ली भ्रमणका लागि प्रधानमन्त्री केपी अाेलीले १५ पृष्ठ लामाे ड्राफ्ट तयार पारेेका छन्, जसले राष्ट्रघातमा थप बृद्धि गरी नेपाललार्इ भारतकाे झन् थप गुलाम बनाउने रहेकाे खुलासा भएकाे छ ।

अंग्रेजी भाषामा तयार पारिएको १५ पृष्ठ लामो ड्राफ्टमा अाेलीका शब्दहरू निकै जनप्रिय लाग्दछन् । तर सारमा त्यसभित्र देशलार्इ घातैघात गर्ने प्रावधानहरू रहेकाे बुझिएकाे छ ।

ओली भारत भ्रमणबाट फर्केलगत्तै दिल्लीमा तयार भएको ड्राफ्टको आधारमा अाफैले बनाएको संविधानलार्इ भारतकाे स्वार्थमा हुनेगरी संविधान संशोधन गरिनेछ । यदि उनीहरूले सोचेअनुसार संविधान संशोधन भयो भनें त्यसमा समावेश गरिएका प्रावधानहरूले राष्ट्रलार्इ निकै ठूलाे राष्ट्रघात हुनेछ ।

यदि संविधान संशाेधन भयाे भने त्यसमा राखिएका प्रावधानले लाखौं गैर–नेपालीले नागरिकता पाउनेछन् । सिमाङ्कन र नामाङ्कनको नाममा नेपालमाथिको भारतीय प्रभाव अझ बढेर जानेछ । आफूलाई खाँटी राष्ट्रवादी भनाइएका ओलीको राष्ट्रवादको मुखुटो सर्वाङ्गाे हुनेछ ।

दिनदिनै उपभोग्य वस्तुको मूल्य बढेको बढैछ । राष्ट्रबैंकले मूल्य घटेको जानकारी गराएता पनि उपभोग्यवस्तुको मूल्य ४ प्रतिशतले वृद्धि भइसकेको छ । यो अझ बढेर जाने निश्चित छ ।

जहाँसम्म केपी ओलीले लोकतन्त्रको कुरा गरेका छन्, उनको सरकारले कैयौँ संघ–संगठनहरूमाथि अघोषित प्रतिबन्ध लगाएको छ । सामान्य सभा, जुलुस गर्न पूर्ण रोक लगाएको छ । गिरफ्तारी र धरपकडलाई तीब्र बनाइएको छ । नेताहरूको नाममा वारेन्ट जारी गर्ने, घर–घरमा छापा मार्ने भइरहेकाे छ ।

अाेली प्रधानमन्त्री नबन्दै भारतीय विदेशमन्त्री सुश्मा स्वराज नेपाल अाएर अाेलीलार्इ भेट्नु, प्रधानमन्त्री बनेपछि सपथ लिनु पूर्व माेदीसँग फाेनवार्ता गर्नु अादिले अाेलीकाे राष्ट्रवाद वाग्मतीकाे खाेलामा  पुगेर विलय भएकाे चर्चा चल्न थालेकाे छ ।

-जनपाटी डट कम बाट

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ