१०० दिने कार्ययोजना सार्वजनिक, ६ वटा विमान किन्ने घोषणा

१०० दिने कार्ययोजना सार्वजनिक, ६ वटा विमान किन्ने घोषणा

  • शुक्रबार, चैत्र १६, २०७४
  • मिर्मिरे अनलाइन

  • 9.7K
    SHARES

काठमाडौ १६ चैत्र । पर्यटनमन्त्री रविन्द्र अधिकारीले आफ्नो १०० दिने कार्ययोजना सार्वजनिक गर्दै ६ वटा विमान किन्ने योजना बनाएका छन् ।

शुक्रबार कार्ययोजना सार्वजनिक गर्दै मन्त्री अधिकारीले तीन महिनाभित्र विमान खरिद प्रक्रिया सुरु गर्न सैद्धान्तिक निर्णय गराउने बताए ।
आन्तरिक उडानलाई थप विस्तार गर्न नेपाल वायुसेवा निगमले विमान किन्नु पर्ने भएको उनले बताएका छन् ।

साथै हाल निगमसँग रहेको ८ विमानमध्ये ६ वटा विमान आन्तरिक उडानका लागि उपयुक्त रहेको भन्दै उनले अधिकतम क्षमताका साथ उडान गर्ने बताए ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको एटीसीमा देखिएका समस्या न्यूनिकरण गर्ने र कम्तिमा दैनिक २१ घण्टा सन्चालनमा ल्याउने योजनालाई मन्त्री अधिकारीले पहिलो प्राथमिकतामा राखेका छन् ।

डोमेस्टिक टर्मिनलमा पनि एसीको व्यवस्था मिलाउने कार्ययोजनामा उल्लेख छ । आन्तरिक उडानलाई स्थानान्तरण गर्न सम्भाव्यता अध्ययन भएको काभ्रेको ठूलीचौरका साथै अन्य सम्भाव्य स्थानबाट पनि सन्चालनको विकल्पहरु अध्ययन गर्ने उनको योजना छ ।

अन्तर्राष्ट्रिय आगमनका यात्रुहरुले बढीमा एक घण्टाभित्र ब्यागेज पाउने व्यवस्था मिलाउने र अन्तर्राष्ट्रिय टर्मिनलमा यात्रुहरुको सुविधाका लागि सेन्ट्रल एसी सिस्टम सन्चालनमा ल्याउने योजना पनि बनाइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी