रेणु दाहालको भरतपुरबासीलाई उपहार , दुई हजार प्रतिशत कर बढ्यो: के भन्छन् महानगरबासी ?

रेणु दाहालको भरतपुरबासीलाई उपहार , दुई हजार प्रतिशत कर बढ्यो: के भन्छन् महानगरबासी ?

  • शुक्रबार, चैत्र १६, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

१६ चैत्र,चितवन । भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालसँग नगरबासी अाक्रोसित भएका छन् । नगरपालिकाले दुई हजार प्रतिशतसम्म कर बढाएपछि नगरवासी अाक्रोसित भएका हुन् । सामान्य सेवा र बस्तुमा भारी कगर बृद्धि गरेपछि मेयर दाहालको सर्वत्र विरोध भइरहेको छ ।

महानगरपालिकाले ज्यासल वा आरन राखी काँस, पित्तल तामाको भाडा बनाउनेलार्ई ५०० बाट बढाएर १० हजार कर पुर्याएको छ । एक हजार वार्षिक तिर्दै आएका मैदा उद्योगलाई २० हजार कर तोकिएको छ भने एक हजार तिर्ने प्राविधिक तथा व्यावसायिक शिक्षालयलाई २० हजार पुर्याइएको छ ।

पेट्रोल पम्पमा पनि कर बृद्धि भएको छ । यसअघि चार हजार कर तिर्दै अाएका पम्पले अब २५ हजार कर तिर्नुपर्ने भएको छ । त्यसैगरी पोल्ट्रीमा कर वृद्धि गरिएको छ । ६ हजार तिर्दै अाएका ह्याचरी उद्योगले अब ३० हजार कर तिर्न भएको छ । पेन्टस् उद्योगले चार हजार ५०० बाट ५० हजार, सिमेनमा हलले दुई हजारबाट २५ हजार, सीसा पसल एक हजार ५०० बाट २० हजार कर तिर्नुपर्ने भएको छ ।

देशभरकै सबैभन्दा बढी कर वृद्धि भरतपुर महानगरमा भएको बताउँछन् उद्योग वाणिज्य संघका जिल्ला अध्यक्ष सहनलाल प्रधान । कर अस्वभाविक कर बढाएर व्यवसायीको ढाड सेक्ने काम गरेको बताए । उनले अन्य महानगरको हाराहरीमा कर वृद्धि गर्न माग समेत गरेका छन् ।

विगतदेखि न्यून कर रहेकोले एकै पटक बढाउनु परेको भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेमराज जोशी बताउँछन् । सबै क्षेत्रमा बढेको करले जनताको दैनिकीमा प्रत्यक्ष प्रभाव परेकाले नगरबासीले मेयर दाहालको विरोध गरेका छन् । उनीहरु दाहाललाई बेकारमा भोट हालियो भन्न थालेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ