काठमाडौ १६ चैत्र ।
संघिय संसदको दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र राष्ट्रिय सभाको बैठक दिउँसो २ बजेका लागि बोलाइएको छ ।
बैठकमा आज राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश र राष्ट्रिय सभा सदस्यको निर्वाचन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश पेश गर्ने कार्यसूची रहेको संघीय संसद सचिवालयका सहप्रवक्ता केशव अर्यालले जानकारी दिनुभयो ।
यस्तै गत सोमबार पेश भएको बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (पहिलो संशोधन) अध्यादेशमाथि पनि आजको बैठकमा छलफल गरी आजै स्वीकृत तयारी रहेको छ ।
त्यसअघि, दुवै बैठकमा हिजोको सम्बोधनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीलाई धन्यवाद दिने कार्यसूची रहेको सहप्रवक्ता अर्यालले जानकारी दिनुभयो ।
सो प्रस्ताव प्रधानमन्त्रीले पेश गरेपछि प्रतिनिधिसभामा सभामुख र राष्ट्रिय सभामा अध्यक्षले पारितका लागि प्रस्ताव गर्नुहुनेछ ।