कर नतिरेको भन्दै मध्यरात एनसेलका दर्जन बढी टावरमा आगजनी, सेवा अवरुद्ध

कर नतिरेको भन्दै मध्यरात एनसेलका दर्जन बढी टावरमा आगजनी, सेवा अवरुद्ध

  • शुक्रबार, चैत्र १६, २०७४
  • मिर्मिरे अनलाइन

  • 8.9K
    SHARES

१६ चैत ,बुटवल ।
नेपाल कम्युनिस्ट पार्टीले कार्वाहि स्वरुप एनसेलका दर्जनभन्दा बढी टावरमा आगजनी गरेको छ ।
राज्यलाई बाँकी कर नतिरेको भन्दै नेकपाले रुपन्देही, कपिलवस्तु, पाल्पा, गुल्मी, स्याङ्जा, वागलुङ, नवलपरासीलगायतका जिल्लामा रहेका एनसेल टावरहरुमा आगजनी गरेको हो ।
आफूसँग गरेको प्रतिवद्धताअनुसार कर नतिरेको भन्दै नेकपा कार्यकर्ताहरुले मध्यराति आगजनी गर्दा कपिलवस्तुको विजयनगर गाउँपालिका जुटपानिमा र बाणँगगा नगरपालिका जिनउमा रहेका २ एनसेल टावरमा पूर्ण रुपमा ध्वस्त भएको बताइएको छ ।
त्यस्तै रुपन्देहीको रुद्रपु, स्याङ्जाको विर्घामा,पाल्पाको माथगढी,गुल्मीमा रहेको टावर, बागलुङको कोठेखोला,सिन्धुलीको कपिलाकोटलगायत मध्य नेपालका दर्जनभन्दा बढी टावरमा आगजनी गरिएको छ ।
मोवाइल सेवा प्रदायक कम्पनी एनसेलका टावरमा आगजनी भएपछि त्यस क्षेत्रमा सेवा अवरुद्ध भएको छ ।
यसअघि फागुन १ गते जनयुद्धको अवसरमा पनि नेकपाले एनसेलका देशभरका पाँच दर्जन टावरमा आगजनी गरेको थियो ।
एनसेलले अझै राज्यलाई ३२ अर्बभन्दा बढी कर तिर्न बाँकी छ । एक वर्ष अगाडि पनि केही टावरमा आगजनी भएपछि एनसेलले सेवा र लाभकर सबै एक वर्ष्भित्र तिरिसक्ने प्रतिवद्धता जनाएको थियो ।
आफ्नो पार्टीसँग गरेको प्रतिवद्धताअनुसार कर नतिरेको भन्दै नेकपा नेता कार्यकर्ताहरु आक्रोसित भएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ