दक्षिण र उत्तर कोरियाली नेताबीच एक दशक यताकै पहिलो भेटवार्ता हुने

दक्षिण र उत्तर कोरियाली नेताबीच एक दशक यताकै पहिलो भेटवार्ता हुने

  • बिहिबार, चैत्र १५, २०७४
  • मिर्मिरे अनलाइन

  • 8.1K
    SHARES

एजेन्सी चैत्र १५, ।
दक्षिण कोरियाली राष्ट्रपति मुन जे–इन र उत्तर कोरियाली नेता किम जोङ उनबीच एक दशक यताकै पहिलो भेटवार्ता हुने भएको छ ।

दुई देशबीचको सीमावर्ती गाउँ पनमुनजोममा आगामी २७ अप्रिलमा सो भेटवार्ता हुने संयुक्त विज्ञप्तिमा उल्लेख गरिएको बीबीसीले जनाएको छ ।

दुवै देशका उच्च अधिकारीहरुको बैठकपछि सो मिति तय गरेको हो । उत्तर कोरियाली नेता किमले चीन भ्रमण गरी राष्ट्रपति सी जिङपिङसँग भेटेको भोलिपल्टै दुई देशका प्रमुखबीचको भेटवार्ताको समयतालिका सार्वजनिक भएको हो ।

यसअघि उत्तर कोरियाली नेता किमले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई भेटवार्ताका लागि निमन्त्रणा गर्नुभएको थियो । जुन निमन्त्रणा राष्ट्रपति ट्रम्पले स्वीकार गरिसक्नुभएको छ । दुवैबीच अगामी मे महिनामा भेट हुने सक्ने आंकलन गरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ