‘यो अभियान धुर्मुस सुन्तली फाउन्डेसनको मात्रै नभएर राष्ट्रकै अभियान हो,-कट्टेल

‘यो अभियान धुर्मुस सुन्तली फाउन्डेसनको मात्रै नभएर राष्ट्रकै अभियान हो,-कट्टेल

  • बिहिबार, चैत्र १५, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.2K
    SHARES

१५ चैत,काठमाडौँ । हाँस्य कलाकार तथा सामाजिक अभियन्ता सिताराम कट्टेल धुर्मुस र सुन्तलीले अब अन्तर्राष्ट्रिय क्रिकेट रंगाशाला निर्माणमा जुट्ने घोषणा गरेका छन् ।

४ वटा नमूना वस्ती निर्माण गरी हस्तान्तरण गरिसकेकाले एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको मान्यता पाएको नेपाललाई क्रिकेट रंगशाला निर्माणको अभियान अघि बढाउन उनीहरुलाई जनस्तरबाट सुझाव आएको थियो ।

फेसबुकमा स्टाटस लेख्दै धुर्मुसले अन्तर्राष्ट्रिय रंगशाला निर्माणको लागि धुर्मुस सुन्तली फाउन्डेसनले संयोजन गर्ने जनाएका छन् । उनका अनुसार चाँडै रंगशाला निर्माण समिति बन्ने र त्यही समितिको रोहबरमा रंगाशाला बन्ने छ ।

‘यो अभियान धुर्मुस सुन्तली फाउन्डेसनको मात्रै नभएर राष्ट्रकै अभियान हो,’ धुर्मुसले फेसबुकमा स्टाटसमा लेखेका छन् । परियोजना सरकारलाई सघाउनका निम्ति भएको भन्दै यसमा नेपाल सरकारले साथ, सहयोग र समन्वय गर्ने विश्वास धुर्मुसले व्यक्त गरे ।

यसअघि नमूना नेपाल नामको अर्को परियोजना घोषणा गरेका थिए । उनले दुवै परियोजना आफूहरुका लागि उत्तिकै महत्वपूर्ण हुने उल्लेख गर्दै सोधेका छन् ‘अब भन्नुहोस कुन चाहिँ पहिला ?’ जवाफमा  पहिले क्रिकेट रंगशाला निर्माण हुनुपर्ने प्रतिक्रिया आएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ